मापदण्डविपरीत बनेका घर भत्काउँदै तानसेन नगरपालिका | Khabarhub Khabarhub

मापदण्डविपरीत बनेका घर भत्काउँदै तानसेन नगरपालिका


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– तानसेन नगरपालिकाले मापदण्डविपरीत निर्माण गरिएका घर हटाउन शुरु गरेको छ । सार्वजनिक जग्गा, बाटोघाटो मिचेर, भवन आचारसंहिताविपरीत निर्माण गरिएका घर तथा भवन नगरपालिकाले हटाउन थालेको हो ।

नगरपालिकाको नीतिनियमविपरीत सार्वजनिक जग्गामा नक्सापासविना बाटोमा स्थायी रूपमा पक्की घर निर्माण गरिएकाले डोजर लगाएर ती संरचना भत्काउन थालिएको छ । तानसेन नगरपालिका– ७ जैसीचौपारीमा नगरपालिकाको नीति नियम मिचेर निर्माण गरिएको सुमन परियारको घर डोजरले भत्काइएको छ । सार्वजनिक जग्गामा मापदण्डविपरीत पक्की घर निर्माणको जग हाली पिलर ठड्याएकाले डोजर लगाएर हटाइएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।

“सार्वजनिक जग्गामा बाटो मिचेर नियमविपरीत घर निर्माण गरेको उजुरी परेपछि पटकपटक निर्माण बन्द गर्न पत्राचार गरेका थियौँ, अनुरोध गर्दा अटेर गरेपछि संरचना हटाउन बाध्य भएका हौँँ”, उनले भने ।

नगरपालिकाभित्र मापदण्डविपरीत निर्माण भएका संरचना वडावडा तहबाट हटाइने नगरप्रमुख शाहीले बताए ।

छानबिन गर्दा लालपुर्जासमेत नभएको, सार्वजनिक जग्गामा घर निर्माण भइरहेको र निर्माणाधीनस्थलमा बाटो मिचिएको भेटिएपछि हटाइएको हो ।

पिपलका बोट संरक्षण गर्दै स्थानीयवासी

रम्भा गाउँपालिका–१ सघाहका स्थानीयवासी पिपलको बोट संरक्षण अभियानमा जुटेका छन् । ‘पिपल रोपौँ, पुण्य कमाउ, पर्यावरण जोगाउ, स्वस्थ बनौँ’ नारासहित यहाँका स्थानीयवासी पिपलको बोट संरक्षण अभियानमा छन् । विकास निर्माणको नाममा पछिल्लो समय गाउँघरमा रहेका पिपलका बोट मासिदै जान थालेपछि यसको पौराणिक महत्वलाई लोप हुन नदिन संरक्षण अभियान थालिएको हो ।

लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठानको नेतृत्वमा यहाँका स्थानीयवासीले सघाहको डुम्रीकुनाघाटस्थित कालीगण्डकीको किनारमा तीन हेक्टर क्षेत्रफलमा १५० पिपलका बिरुवा लगाएका छन् । धार्मिक तथा वैज्ञानिक रूपले राम्रो मानिएको पिपलको हरियो पातदेखि खरानीसम्म आयुर्वे्दिक औषधिमा काम लाग्ने भएकाले यसको संरक्षण अभियानमा जुटेको लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठानका अध्यक्ष छविलाल डुम्रेले बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १० : २५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार