मापदण्डविपरीत बनेका घर भत्काउँदै तानसेन नगरपालिका « Khabarhub

मापदण्डविपरीत बनेका घर भत्काउँदै तानसेन नगरपालिका


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– तानसेन नगरपालिकाले मापदण्डविपरीत निर्माण गरिएका घर हटाउन शुरु गरेको छ । सार्वजनिक जग्गा, बाटोघाटो मिचेर, भवन आचारसंहिताविपरीत निर्माण गरिएका घर तथा भवन नगरपालिकाले हटाउन थालेको हो ।

नगरपालिकाको नीतिनियमविपरीत सार्वजनिक जग्गामा नक्सापासविना बाटोमा स्थायी रूपमा पक्की घर निर्माण गरिएकाले डोजर लगाएर ती संरचना भत्काउन थालिएको छ । तानसेन नगरपालिका– ७ जैसीचौपारीमा नगरपालिकाको नीति नियम मिचेर निर्माण गरिएको सुमन परियारको घर डोजरले भत्काइएको छ । सार्वजनिक जग्गामा मापदण्डविपरीत पक्की घर निर्माणको जग हाली पिलर ठड्याएकाले डोजर लगाएर हटाइएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।

“सार्वजनिक जग्गामा बाटो मिचेर नियमविपरीत घर निर्माण गरेको उजुरी परेपछि पटकपटक निर्माण बन्द गर्न पत्राचार गरेका थियौँ, अनुरोध गर्दा अटेर गरेपछि संरचना हटाउन बाध्य भएका हौँँ”, उनले भने ।

नगरपालिकाभित्र मापदण्डविपरीत निर्माण भएका संरचना वडावडा तहबाट हटाइने नगरप्रमुख शाहीले बताए ।

छानबिन गर्दा लालपुर्जासमेत नभएको, सार्वजनिक जग्गामा घर निर्माण भइरहेको र निर्माणाधीनस्थलमा बाटो मिचिएको भेटिएपछि हटाइएको हो ।

पिपलका बोट संरक्षण गर्दै स्थानीयवासी

रम्भा गाउँपालिका–१ सघाहका स्थानीयवासी पिपलको बोट संरक्षण अभियानमा जुटेका छन् । ‘पिपल रोपौँ, पुण्य कमाउ, पर्यावरण जोगाउ, स्वस्थ बनौँ’ नारासहित यहाँका स्थानीयवासी पिपलको बोट संरक्षण अभियानमा छन् । विकास निर्माणको नाममा पछिल्लो समय गाउँघरमा रहेका पिपलका बोट मासिदै जान थालेपछि यसको पौराणिक महत्वलाई लोप हुन नदिन संरक्षण अभियान थालिएको हो ।

लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठानको नेतृत्वमा यहाँका स्थानीयवासीले सघाहको डुम्रीकुनाघाटस्थित कालीगण्डकीको किनारमा तीन हेक्टर क्षेत्रफलमा १५० पिपलका बिरुवा लगाएका छन् । धार्मिक तथा वैज्ञानिक रूपले राम्रो मानिएको पिपलको हरियो पातदेखि खरानीसम्म आयुर्वे्दिक औषधिमा काम लाग्ने भएकाले यसको संरक्षण अभियानमा जुटेको लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठानका अध्यक्ष छविलाल डुम्रेले बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १० : २५ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या