शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल « Khabarhub

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोर्टस् क्लबसँग पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा झम्सिखेल युथ र नयाँबस्ती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसोे ३ः३० बजे हुने खेलमा नयाँबस्ती पहिलो जितको खोजीमा हुनेछ । लिगको पहिलो खेलमा नयाँबस्ती आरसिटीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । झम्सिखेल भने लगातार दोस्रो जितको खोजिमा रहेको छ । झम्सिखेलले लिगको उद्घाटन खेलमा ब्वाइज युनियन लाई १–० ले पराजित गरेको थियो ।

राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुई समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । एन्फाले १२ टोलीलाई दुई समूहमा विभागन गरेको छ । समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।

यस्तै समूह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन् । लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् । लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १२ : ०४ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु