भुवन कार्कीको उत्कृष्ट बलिङमा अत्तरिया विजयी, धनगढीको लगातार दोस्रो हार « Khabarhub

भुवन कार्कीको उत्कृष्ट बलिङमा अत्तरिया विजयी, धनगढीको लगातार दोस्रो हार


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुवन कार्कीको उत्कृष्ट बलिङ प्रेरित सिवाईसी अत्तरियाले धनगढी स्टार्सविरुद्ध ५ रनको रोमाञ्चक जित हात पारेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले दिएको ९६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर पूरा खेल्दै ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।

योसँगै धनगढीले लगातार दुई खेलमा पराजय बेहोरेको छ भने अत्तरियाले प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । धनगढीविरुद्ध अत्तरियाका सन्नी पटेलले अलराउन्ड प्रदर्शन गरे भने बलर हावी भएपछि ९० रन समेटिएको हो ।

धनगढीका लागि नटआउट रहेका राजु रिजालले २६ रन, रोहन मुस्तफाले १८ तथा सन्दीप रजाइलीले ११ रन बनाए भने कप्तान सोमपाल कामीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

धनगढीविरुद्ध अत्तरियाका भुवन कार्कीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै १० रन खर्चेर ४ विकेट लिए । त्यस्तै, सन्नी पटेलले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र राउतले समान १—१ विकेट लिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको अत्तरियाका लागि सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे । उनी नटआउट रहँदै ३५ रन बनाए । यस्तै, ओपनिङ ब्याट्सम्यान जयकिसन कोल्सावालाले २१ तथा प्रेम तामाङ १२ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएका थिए ।

अत्तरियालाई ९५ रनमा समेट्न धनगढीका रोहन मुस्तफाले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर २ विकेट लिए भने कप्तान सोमपाल कामी,अमिर हायत, विपीन खत्र्रीले समान १—१ विकेट लिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १ : ०६ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६