गुलेनको समूहमा आबद्ध भएको आरोपमा ११ सय पक्राउ « Khabarhub

गुलेनको समूहमा आबद्ध भएको आरोपमा ११ सय पक्राउ


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टर्कीमा विवादास्पद धर्मगुरु फेतुल्लाह गुलेनको समूहमा आबद्ध १ हजारभन्दा धेरै संदिग्ध पक्राउ परेका छन् ।

टर्कीस प्रहरीले राजधानी अंकारासहित ७६ प्रान्तमा कारबाही गरी १ हजार १ सय १२ जनालाई पक्राउ गरेको टर्किस टेलिभिजन सीएनएन तुर्कले जनाएको छ ।

सन् २०१६ मा भएको असफल सैन्य ‘कु’ पछि टर्कीमा भएको यो वृहद स्तरको प्रहरी कारबाही हो ।

टर्कीले २ सय ५० जनाभन्दा धेरैको ज्यान जाने गरी सन् २०१६ को जुलाईमा भएको असफल सैन्य कुमा धर्मगुरु गुलेनको हात रहेको बताउँदै आएको छ । तर, अमेरिकामा निर्वासित जीवन बिताइरहेका गुलेनले भने सैन्य ‘कु’मा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

सैन्य ‘कु’ पछि टर्कीमा करिब ८० हजार जनाभन्दा धेरै गुलेनको सञ्जालसँग आबद्ध रहेको आरोपमा पक्राउ परेका छन् भने अरु लाखौँ राष्ट्रसेवकलाई बर्खास्त गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : २१ बजे

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति