मुलुकभर भारी वर्षा, नदीहरुमा पानीको वहाव बढ्दाे, पहाडी क्षेत्रमा पहिरोको जोखिम | Khabarhub Khabarhub

मुलुकभर भारी वर्षा, नदीहरुमा पानीको वहाव बढ्दाे, पहाडी क्षेत्रमा पहिरोको जोखिम


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानमान महाशाखाले गएरातिबाट मुलुभर भारी वर्षा भएको जनाएको छ । देशभर मनसुनी वर्षा जारी रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका नदीहरुमा जलको वहाव बढेका छ । पहाडी क्षेत्रहरुमा पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले  आग्रह गरेको छ । महाशाखाले आज दिनभर देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र पानी पर्ने सम्भावना रहेको  जनाएको छ ।

देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका अधिकांश भू(भागमा पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । छ ।

त्यसैगरी महाशाखाले शनिबार भोलि देशका अधिकांश भू-भागमा बदली रहने जनाएको छ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  शनिबार राति पनि देशका पश्चिमी भूभागमा सामान्य बदली तथा पूर्वी र मध्यका अधिकांश भूभागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैबीच लगातारको वर्षाले बाजुरामा बुढीगंगा नदीमा पहिरो खस्दा ताल बनेकाे छ । पहिरोले नदी थुनिएपछि पैमाको बस्ती जोखिममा परेको छ। नदी थुनिँदै गएपछि बुढीगंगा नगरपालिका-१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने अवस्था आएको स्थानीय प्रशासनले जनाएको छ ।

जोखिम बढेपछि नेपाली सेना र प्रहरीलाई त्यसतर्फ खटाइएको छ। नदी थुनिएको खतरासँगै नजिकै रहेको खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन्। नदी थुनिएकाले अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ। साँफेबगरका स्थानीय पनि त्रसित बनेका छन्। थुनिएको नदी जतिबेला पनि फुट्न सक्ने भएकाले स्थानीयमा त्रास बढेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : ४४ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द