मुलुकभर भारी वर्षा, नदीहरुमा पानीको वहाव बढ्दाे, पहाडी क्षेत्रमा पहिरोको जोखिम « Khabarhub

मुलुकभर भारी वर्षा, नदीहरुमा पानीको वहाव बढ्दाे, पहाडी क्षेत्रमा पहिरोको जोखिम


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानमान महाशाखाले गएरातिबाट मुलुभर भारी वर्षा भएको जनाएको छ । देशभर मनसुनी वर्षा जारी रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका नदीहरुमा जलको वहाव बढेका छ । पहाडी क्षेत्रहरुमा पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले  आग्रह गरेको छ । महाशाखाले आज दिनभर देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र पानी पर्ने सम्भावना रहेको  जनाएको छ ।

देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका अधिकांश भू(भागमा पूर्ण बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । छ ।

त्यसैगरी महाशाखाले शनिबार भोलि देशका अधिकांश भू-भागमा बदली रहने जनाएको छ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  शनिबार राति पनि देशका पश्चिमी भूभागमा सामान्य बदली तथा पूर्वी र मध्यका अधिकांश भूभागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैबीच लगातारको वर्षाले बाजुरामा बुढीगंगा नदीमा पहिरो खस्दा ताल बनेकाे छ । पहिरोले नदी थुनिएपछि पैमाको बस्ती जोखिममा परेको छ। नदी थुनिँदै गएपछि बुढीगंगा नगरपालिका-१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने अवस्था आएको स्थानीय प्रशासनले जनाएको छ ।

जोखिम बढेपछि नेपाली सेना र प्रहरीलाई त्यसतर्फ खटाइएको छ। नदी थुनिएको खतरासँगै नजिकै रहेको खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन्। नदी थुनिएकाले अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ। साँफेबगरका स्थानीय पनि त्रसित बनेका छन्। थुनिएको नदी जतिबेला पनि फुट्न सक्ने भएकाले स्थानीयमा त्रास बढेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : ४४ बजे

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,

काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई

काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६