आइतबार लड्समा इंग्ल्यान्ड र न्यूजिल्यान्ड उपाधिका लागि भिड्ने « Khabarhub

आइतबार लड्समा इंग्ल्यान्ड र न्यूजिल्यान्ड उपाधिका लागि भिड्ने


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेटमा घरेलु टोली र न्यूजिल्यान्ड उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्ने भएका छन् ।

बुधबार भारलाई पराजित गर्दै फाइनल पुगेको न्यूजिल्यान्डसँग बिहीबार साविक विजेता टोली अस्ट्रेलियालाई पराजित गर्दै फाइनल पुगेको इंग्लाइन्ड लड्सक्रिकेट मैदानमा भिड्नेछन् ।

५ पटक विश्वकपको आयोजना गरेको इंग्ल्यान्ड चौथो पटक फाइनलमा पुगेको हो भने न्यूजिल्यान्ड योसहित दोस्रो पटक फाइनलमा पुगेको हो ।

यस्तै, क्रिकेटको मक्का मानिने लड्स क्रिकेट मैदानमा यो सहित पाँच पटक विश्वकपको पाइनल खेलाइदैछ । जसमा इंग्ल्यान्ड दोस्रो पटकमात्रै लड्समा फाइनल खेल खेलदैछ ।

जारी विश्वकपमा इंग्ल्यान्ड र न्यूजिल्यान्ड फाइनलमा पुगेसँग विश्व विजेता नयाँ टोली हुने भएको छ ।

यी दुवै टोलीले अहिलेसम्म विश्वकपको उपाधि उचाल्न सकेको छैन् ।

पछिल्लो समय बलियो टोलीका रुपमा उदीयमान न्यूजिल्यान्डका कप्तानले आफ्नो टोली आत्मविश्वासी रहेको बताएका छन् ।

उनले फाइनलका लागि खेलाडीहरु उत्साहित समेत रहेको बताए । यस्तै, इंग्ल्यान्ड फाइनलमा पुगेसँगै आयोजक टोलीले नै उपाधि उचाल्ने आँकलन कतिपयले गर्न थालिसकेका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : ५३ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र