आइतबार लड्समा इंग्ल्यान्ड र न्यूजिल्यान्ड उपाधिका लागि भिड्ने | Khabarhub Khabarhub

आइतबार लड्समा इंग्ल्यान्ड र न्यूजिल्यान्ड उपाधिका लागि भिड्ने


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेटमा घरेलु टोली र न्यूजिल्यान्ड उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्ने भएका छन् ।

बुधबार भारलाई पराजित गर्दै फाइनल पुगेको न्यूजिल्यान्डसँग बिहीबार साविक विजेता टोली अस्ट्रेलियालाई पराजित गर्दै फाइनल पुगेको इंग्लाइन्ड लड्सक्रिकेट मैदानमा भिड्नेछन् ।

५ पटक विश्वकपको आयोजना गरेको इंग्ल्यान्ड चौथो पटक फाइनलमा पुगेको हो भने न्यूजिल्यान्ड योसहित दोस्रो पटक फाइनलमा पुगेको हो ।

यस्तै, क्रिकेटको मक्का मानिने लड्स क्रिकेट मैदानमा यो सहित पाँच पटक विश्वकपको पाइनल खेलाइदैछ । जसमा इंग्ल्यान्ड दोस्रो पटकमात्रै लड्समा फाइनल खेल खेलदैछ ।

जारी विश्वकपमा इंग्ल्यान्ड र न्यूजिल्यान्ड फाइनलमा पुगेसँग विश्व विजेता नयाँ टोली हुने भएको छ ।

यी दुवै टोलीले अहिलेसम्म विश्वकपको उपाधि उचाल्न सकेको छैन् ।

पछिल्लो समय बलियो टोलीका रुपमा उदीयमान न्यूजिल्यान्डका कप्तानले आफ्नो टोली आत्मविश्वासी रहेको बताएका छन् ।

उनले फाइनलका लागि खेलाडीहरु उत्साहित समेत रहेको बताए । यस्तै, इंग्ल्यान्ड फाइनलमा पुगेसँगै आयोजक टोलीले नै उपाधि उचाल्ने आँकलन कतिपयले गर्न थालिसकेका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : ५३ बजे

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु

बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत