आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६ अक्टोबर ८ तारिख। असोज कृष्ण पक्षको त्रयोदशी तिथि । विश्व दृष्टि दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ । चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ । साथीको सहयोग मिल्नेछ ।  

वृष : दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त हुनेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा दिन सहज बन्नेछ । पठनपाठनमा मन जानेछ । घरको वातावरण शान्त बन्नेछ ।

मिथुन : दिन सहज छ । आफन्तको साथ र सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा मिहेनत गरेमा सफलता हात लाग्नेछ । स्वदेशमा रोजगारीको विकल्प देखिनेछन् ।

कर्कट : दिन राम्रो छ । परिवारको साथमा बसेर रमाइलो गर्ने योग छ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । रोगले सताउने जोखिम छ । पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह : स्वास्थ्यले साथ दिनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । कृषिमा  दूधको व्यापार गर्नु फाइदा हुनेछ । दाजुभाइसँगको मनमुटावले मन दुख्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

कन्या : खर्च बढ्नेछ । असफलतासँग नडराई काममा निरन्तरता दिनु आवश्यक देखिन्छ । विदेशको मोह त्यागेर स्वदेशमा मिहेनत गर्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : शुभग्रहको बहुमत भएकाले दिन राम्रो बन्नेछ । स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन् । परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा नाफा हुनेछ । भूमि सम्बन्धी कारोबारबाट लाभ हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । मनमा उत्साह लिएर लगानी गर्नुपर्नेछ । आजको निर्णय दीर्घकालीन बन्ने भएकाले निर्णय गर्नु अगाडि सोच्नुपर्ने छ । बिहान उठेर शिवको भजन गरेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।  

धनु : आज शुभ समाचार आउनेछ । स्वास्थ्यामा सुधार हुनेछ । समाजसेवाको अवसर मिल्नेछ । मनमा अशान्ति बढ्नेछ । परिवारबाट अपमानित भएको महसुस हुनेछ ।

मकर : आज सतर्क हुनुपर्ने  दिन छ । स्वास्थ्यमा समस्या  देखिनेछ । शत्रु  बढ्ने भएकाले परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । आलस्यता बढ्नेछ ।

कुम्भ : स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । घुमफिरको योजना बन्नेछ । सम्पत्तिलाई मात्र हेर्दा इज्जत गुम्ने खतरा छ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सामाजिक शिक्षामा भन्दा पनि निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ । राजनीतिक गर्नेसँग भने सचेत बन्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । आज थोरै  बोल्नु  उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ५ : ०४ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको