बाढीले बगाएर ल्याएको सिलिन्डर समाउन जाँदा विनोदलाई बगायो बल्खु खोलाले « Khabarhub

बाढीले बगाएर ल्याएको सिलिन्डर समाउन जाँदा विनोदलाई बगायो बल्खु खोलाले


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बाढीले बगाउँदा कलंकीबाट एक जना व्यक्ति बेपत्ता भएका छन्। बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा पसेका विनोद चौधरी बेपत्ता भएका हुन् ।

बेपत्ता भएका चौधरीको खोजी भइरहेको प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

त्यस्तै बाढीले महानगरीय प्रहरी प्रभाग कलंकी डुबानमा परेको छ। कलंकी खोलामा आएको बाढी बस्तीमा पसेको छ।

पहिरो र पर्खाल भत्कँदा काठमाडौंमा चार जनाको ज्यान गएको छ ।

काठमाडौंको मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको नजिकैको घरको पर्खाल भत्कदा ज्यान गएको हो ।

महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।

चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु मजदुर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि ललितपुरको बागमती-३ का ११ वर्षीय सरोज तामाङको पहिरोमा पुरिएर मृत्यु भएको छ

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ४ : ३६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका