बाढी पहिरोले ११ जनाको ज्यान लियो, ८ जना बेपत्ता, १४ जना घाइते « Khabarhub

बाढी पहिरोले ११ जनाको ज्यान लियो, ८ जना बेपत्ता, १४ जना घाइते


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तरको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ ।

वर्षाले तराईका अधिकांश भूभाग जलमग्न बनेको छ । यस्तै पहाडी पहाडी क्षेत्रमा भने पहिरोले जनधनको क्षति पुर्‍याएको छ ।

देशका विभिन्न २० स्थानमा पहिरो गएको प्रहरीले जनाएको छ । त्यस्तै देशका १३ स्थानमा बाढीले क्षति पुगेको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछिको बाढी पहिरोमा परी देशभर ११ जना भन्दा बढीको ज्यान गएको छ भने ९ भन्दा बढी बेपत्ता भएको गृहमन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

काठमाडौंमा चार जनाले ज्यान गुमाएका छन् भने एक जना वेपत्ता भएका छन् । काठमाडौंका मूलपानीमा एक घरको पर्खाल भत्कदाँ टहरामा बसिरहेका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । त्यसै ललितपुरमा एक जनाको ज्यान गएको छ । काठमाडौंको बल्खु खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

त्यस्तैगरि पर्सा, भोजपुर, रामेछाप, सिन्धुलीमा १/१ जनागरि ४ जनाको ज्यान गएको छ । त्यस्तै काभेमा २ जनाको ज्यान गएको छ भने धादिङमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर गरेर ८ जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ४ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र