बाढीपहिरोमा ज्यान गुमाउनेको प्ररिवारप्रति प्रधानमन्त्रीको समवेदना « Khabarhub

बाढीपहिरोमा ज्यान गुमाउनेको प्ररिवारप्रति प्रधानमन्त्रीको समवेदना


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले बाढीसँगै उद्दारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको जनाएका छन् ।

सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको प्रधानमन्त्रीले जनाएका छन् ।

अविरल वर्षाका कारण शुक्रवार साँझसम्ममा ११ जनाले ज्यान गुमाएको गृहमन्त्रालयले जनाएको छ यस्तै ८ जना बेपत्ता भएको र १४ जना घाइते भएको गृहले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : १६ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म