दुर्घटना गराउने चालकलाई जोगाउन खोज्ने प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

दुर्घटना गराउने चालकलाई जोगाउन खोज्ने प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १ जनाको ज्यान जाने गरी सवारी दुर्घटना गराउने चालकलाई जोगाउन खोज्ने प्रहरी निरीक्षक (इन्सपेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी काकर्यालय गैंडाकोट (नवलपरासी)का तत्कालीन प्रमुख (इन्सपेक्टर) लोकबहादुर जिसीसहित दुर्घटना गराउने चालक बोधराज पाण्डे र आफूले उक्त गाडी चलाएको भनेर बयान दिने ‘नक्कली चालक’ किशुना महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गत वैशाख १२ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट–२ स्थित भृकुटी चोकमा बा२०च ११७९ नम्बरको जीपको ठक्करबाट ना २८ प ४६८५ नम्बरको मोटरसाइकल चालक कमल शर्माको मृत्यु भएको थियो ।

प्रहरीले जीप चालक बोधराज पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालेकोमा प्रहरी इन्सिपेक्टर लोकबहादुर जिसीले नक्कली चालक खडा गरेर पाण्डेलाई जोगाउन खोजेका थिए ।

नक्कली चालकलाई केही रकम दिएर पाण्डेले आफू सवारी ज्यानसम्बन्धी मुद्दाबाट उम्किन खोजेका थिए । जसका लागि इन्सपेक्टर जिसीले नै किशुना महतोलाई नक्कली चालकको रुपमा खडा गरेका थिए ।

अख्तियारले तीनैजनाविरुद्ध १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना मागदावी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : २८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई