राजधानीमा बाढीको बितण्डा (फोटो फिचर) « Khabarhub

राजधानीमा बाढीको बितण्डा (फोटो फिचर)


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लगातारको वर्षाले मुलुकको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोका कारण जनजीवन प्रभावित बनेको हो ।

मुलुकका विभिन्न स्थानमा पहिरो जाँदा सडक सेवा अवरुद्ध बनेका छन् भने नदी तथा खोलाहरुमा पानीको प्रवाह खतराको सूचीभन्दा माथि पुगेको छ ।

मुलुकको राजधानी काठमाडौं पनि बाढीका कारण नराम्ररी प्रभावित बनेको छ । बागमती, विष्णुमति, टुकुचा, धोबीखोला, भत्तपुरको हनुमन्ते खोला, मनहोरा, ललितपुरको कर्मनासा लगायतका खोलामा पानीको बहाब उच्च बनेको छ ।

बल्लुखोलामा बगेर आएको सिलिण्डर लिँन जाँदा बल्खु खोलामा एक जना बेपत्ता भएका छन् । लगातारको वर्षाले सिंहदरबारको पूर्वी गेट तर्फको पर्खाल समेत भत्किएको छ ।

राजधानीको बल्लु खोलामा आएको बाढीले त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित पारेको छ । यसैगरी कलंकी क्षेत्र पनि डुबानमा परेको छ । कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरुमा बाढीले क्षति पुगेको छ । सो क्षेत्र डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म मुलुकभर बाढी र पहिरोमा परी १६ जनाको मृत्यु भएको छ। यसैगरी मुलुकका विभिन्न ठाउँमा गरी १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : २६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री