राजधानीमा बाढीको बितण्डा (फोटो फिचर) « Khabarhub

राजधानीमा बाढीको बितण्डा (फोटो फिचर)


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लगातारको वर्षाले मुलुकको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोका कारण जनजीवन प्रभावित बनेको हो ।

मुलुकका विभिन्न स्थानमा पहिरो जाँदा सडक सेवा अवरुद्ध बनेका छन् भने नदी तथा खोलाहरुमा पानीको प्रवाह खतराको सूचीभन्दा माथि पुगेको छ ।

मुलुकको राजधानी काठमाडौं पनि बाढीका कारण नराम्ररी प्रभावित बनेको छ । बागमती, विष्णुमति, टुकुचा, धोबीखोला, भत्तपुरको हनुमन्ते खोला, मनहोरा, ललितपुरको कर्मनासा लगायतका खोलामा पानीको बहाब उच्च बनेको छ ।

बल्लुखोलामा बगेर आएको सिलिण्डर लिँन जाँदा बल्खु खोलामा एक जना बेपत्ता भएका छन् । लगातारको वर्षाले सिंहदरबारको पूर्वी गेट तर्फको पर्खाल समेत भत्किएको छ ।

राजधानीको बल्लु खोलामा आएको बाढीले त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित पारेको छ । यसैगरी कलंकी क्षेत्र पनि डुबानमा परेको छ । कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरुमा बाढीले क्षति पुगेको छ । सो क्षेत्र डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म मुलुकभर बाढी र पहिरोमा परी १६ जनाको मृत्यु भएको छ। यसैगरी मुलुकका विभिन्न ठाउँमा गरी १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : २६ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः