नेपाली क्रिकेट टोलीले भोली मलेसियासँग खेल्ने « Khabarhub

नेपाली क्रिकेट टोलीले भोली मलेसियासँग खेल्ने


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि मलेसियामा छ ।

मलेसियामा रहेको नेपाली टोलीले घरेलु टोलीसँग शनिबार र आइतबार टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट शृङ्खला खेल्दैछ ।

मेलेसियाको किनरारा ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार शनिबार (भोलि) बिहान ७ : ४५ बजे सुरु हुनेछ । त्यसपछि नेपालले मलेसियासँग आइतबार अन्तिम तथा दोस्रो खेल खेल्नेछ ।

मलेसिायसँगको दुुई खेलपछि नेपाली टोली सिंगापुर प्रस्थान गर्नेछ ।

सिंगापुरमा विश्वकप एसिया फाइनल जुलाई २२ देखि २८ सम्म आयोजना हुदैछ ।

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत छन् । शनिबार मलेसियासँग खेल्न थालेको नेपाली टोलीले यसअघि ४ पटक खेलेको छ । जसमा तीन खेल नेपालले जित्दा एक खेलमा हार व्यहोरेको थियो ।

जसमा नेपालले मलेसियासँग पहिलो पटक सन् २००७ मा खेलेको थियो । नेपालले मलेसियासँग एसीसी ट्वान्टी–२० खेलेको थियो । उक्त खेल नेपालले २१ रनको जीत हात पारेको थियो ।
नेपालभन्दा आईसीसी वरियतामा पछि रहेको मलेसियामाथि सहज जीतको खोजिमा नेपाली टोली रहेको छ । तर, मलेसिया जानु अघि नेपाली टोलीका कप्तान पारस खड्काले विपक्षीलाई कमजोर नआँक्ने बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : १७ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण