चीनमा बाढीबाट करिब २ करोड प्रभावित « Khabarhub

चीनमा बाढीबाट करिब २ करोड प्रभावित


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– ५० वर्षयताकै भारी वर्षासँगैको बाढी र पहिरोमा परी पूर्वी तथा दक्षिणी चीनको जनजीवन प्रभावित भएको छ । दक्षिणी तथा पूर्वी चीनको हुनान, जियाङ्शी लगायतका प्रान्तमा आएको बाढीबाट करिब २ करोड प्रभावित भएका छन् ।

चीनको आपतकालिन व्यवस्थापन मन्त्रालयका अनुसार बाढीका कारण १ करोड ९९ लाख प्रभावित भएका छन् । बाढीका कारण १३ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, ५ लाख ८२ हजार मानिसहरुलाई आकस्मिक सहायताको खाँचो रहेको जनाइएको छ ।

बाढीका कारण भौतिक पूर्वाधारमा क्षति पुगेको तथा ३४ हजार घरहरु भत्केको मन्त्रालयले जनाएको छ । बाढीका कारण १७ लाख हेक्टरमा लगाइएको बालीमा क्षति पुगेको छ । बाढीका कारण ७ अर्ब ७० करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक क्षति पुगेको मन्त्रालयलाई उद्धृत गर्दै चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : ३३ बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम