‘योगमायाधाम प्रेम नारायण र अन्य साधकहरु’ सार्वजनिक « Khabarhub

‘योगमायाधाम प्रेम नारायण र अन्य साधकहरु’ सार्वजनिक


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिगत ३५ बर्ष देखि योगमायाको बारेमा अध्ययन अनुसन्धानमा लागेका उत्तम प्रसाद पन्तको “योगमायाधाम प्रेम नारायण र अन्य साधकहरु” नामक पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकको लोकार्पण इतिहासकार पुरुषोत्तम शमसेर जबरा योगमाया पुस्तककी लेखक नीलम कार्की निहारिका लगायतले गरेका हुन् ।

पुस्तकको विबेचना गर्दै भाषाशास्त्री एवम साहित्यकार शरच्चन्द्र वस्तीले भोलि लेख्ने योगमाया मुल पुस्तकको कास्टिंग योगमायाधाम ल्याउनु भएकोले मुल पुस्तक कस्तो होला भनेर प्रश्न गरेका थिए ।

प्रकाशक संस्था सिमल बुकका तर्फबाट कमल ढकालले आफुले नयॉ प्रकारको पुस्तक नेपाली समाजमा ल्याउन चाहेको त्यसै मध्येको एक पुस्तक योगमाया धाम भएको बताए ।

कार्यकर्ममा अर्का वक्ता निनु चापागाईले पारिजातकै प्रेरणाका कारण योगमायाको अध्ययन अनुसन्धानमा लागेको पन्तले ३५ बर्षपछि पुस्तक ल्याउनु आफैमा अनुपम घटना भएको बताइन् ।

कार्यक्रममा योगमाया पुस्तककी लेखक निलम कार्की निहारिकाले योगमाया उपन्यास मोटो छ तर योगमायासंग जोडिएको साधकको कथा अपुरो छ भन्ने लागिरन्थ्यो तथ्यपरक ढंगमा यो पुस्तकले ती साधकको कहॉनी भनेकोमा खुशी लागेको बताइन् । उनले पुस्तक भोलिको पुस्ताको लागि यो पुस्तक अध्ययन अनुसन्धान ग्रन्थ हुने बताइन् ।

कार्यकर्ममा पुर्व मन्त्री मकुन्द बाहादुर बस्नेतले योगमायाधाम पुस्तकले धेरै नयॉ तथ्य उजागर गरेको बताए । लेखक उत्तम प्रसाद पन्तले योगमायाधाम प्रेमनारायण र अन्य साधकहरू पुस्तक योगमायाको बिषयमा के गर्दै हुनुहुन्छ भनेर सोध्ने गरेकोले ज़िम्मेवारी वहन गरेर आफुले पुस्तक लेखेको बताए ।

लेखक पन्तले आफुले कुनै कुरालाई प्रामाणिक आधार नमानी पुस्तक लेख्नु हुन्न भनेर आजसम्म पुस्तक नलेखेको अब आउने योगमाया पुस्तकमा तीन वटा चिज अनुसन्धान गर्न बाकि रहेकोले आफुले नलेखेको चॉडै त्यो कुरा पुरा हुने र किताब आउने बताए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : ४२ बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३