एकै युनिटमा ३६ नर्स एकसाथ गर्भवती बनेपछि… « Khabarhub

एकै युनिटमा ३६ नर्स एकसाथ गर्भवती बनेपछि…


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा पनि अचम्म लाग्ने समाचार बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । हालै यस्तै अचम्मको समाचार सार्वजनिक भएको छ । जहाँ एकै युनिटका ३६ जना नर्सहरु एकसाथ गर्भवती बनेका हुन् । घटना अमेरिकाको हो ।

अमेरिकाको एक अस्पतालको एक युनिटका ३६ नर्स एकैसाथ गर्भवती भएको सो अस्पतालले जनाएको हो । अस्पताले एक साथ गर्भवती भएका नर्सहरुको तस्वीर समेत सार्वजनिक गरेपछि उक्त तस्वीर भाइरल बन्यो ।

अमेरिकाको मिसुरीमा पर्ने कन्सास सिटीको चिल्ड्रेन मर्सी अस्पतालको आइसियुमा कार्यरत ३६ जना नर्स एकैसाथ गर्भवती भएको अस्पतालले जनाएको हो । जुन र जुलाईमा मात्र २० जना सुत्केरी भएका अस्पतालले जनाएको छ ।

एकै पटक एउटा युनिटमा ३६ जना नर्स गर्भवती भएको र अहिलेसम्म जन्मिएका २० बच्चामा जम्मा २ जना मात्र छोरी जन्मिएको अस्पतालले जनाएको छ ।

अस्पतालले सबै ३६ नर्सलाई एकसाथ देखाएर फोटो सार्वजनिक गरेको छ । फोटोमा बच्चा जन्माएका र बच्चा जन्माउने समय नजिक आएका सबै नर्सहरु सहभागी छन् । अस्पतालले गर्भवती सबै नर्सलाई विशेष सुविधासमेत प्रदान गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ३८ बजे

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज – खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित

१० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक

विश्वप्रकाश भन्छन् : सर्वोच्चको पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता र तथ्य थप पुष्टि गर्नेछ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गत पुस

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली