आजको मौसम : मनसुन कम सक्रिय हुँदै, उपत्यकामा बिहानैदेखि चर्को घाम « Khabarhub

आजको मौसम : मनसुन कम सक्रिय हुँदै, उपत्यकामा बिहानैदेखि चर्को घाम


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको न्यून चापिय रेखा औसतस्थान भन्दा केहि दक्षिणतिर अवस्थित हुँदा नेपालमा मनसुन कम सक्रिय भएको छ । मनसुनको न्यून चापीय रेखा विस्तारै माथि सरेर औसत स्थानमा आउने सम्भावना रहेकाले नेपालका अधिकांश ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिणमा उत्तरप्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँद्यै बंगालको खाडी सम्म रहने महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रही धेरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा भने बिहानैदेखि चर्को घाम लागिरहेको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण

साउन २७ गते (सोमबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा र पूर्वीका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्व तथा मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

साउन२८ गते (मंगलबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पुर्वी पहाडि भू-भागका एक वा दुई स्थानहरूमा साथै पश्चिमी तराईको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि तराई भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

साउन २९ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ८ : ४७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल