प्रश्नपत्र आउट गरेर फोटोकपी गर्दागर्दै ३ जना पक्राउ « Khabarhub

प्रश्नपत्र आउट गरेर फोटोकपी गर्दागर्दै ३ जना पक्राउ


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– त्रिभुवन विश्वविद्यालयको वाणिज्य शास्त्रअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् ।

धनुषाको रामसागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम वर्षअन्तर्गत तथ्याङ्क शास्त्र विषयको प्रश्न पत्र आउट गरी फोटोकपी गर्ने ३ जनालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परीक्षामा सहभागी परीक्षार्थीले फेसबूकको म्यासेन्टरबाट प्रश्नपत्र आउट गराएका थिए । उक्त प्रश्नपत्र अरुलाई पनि बाँड्नका लागि फोटोकपी गर्दै गरेको अवस्थामा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति र अन्य २ जना छन् ।

प्रहरीले ३ जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : १० बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार