प्रश्नपत्र आउट गरेर फोटोकपी गर्दागर्दै ३ जना पक्राउ « Khabarhub

प्रश्नपत्र आउट गरेर फोटोकपी गर्दागर्दै ३ जना पक्राउ


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– त्रिभुवन विश्वविद्यालयको वाणिज्य शास्त्रअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् ।

धनुषाको रामसागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम वर्षअन्तर्गत तथ्याङ्क शास्त्र विषयको प्रश्न पत्र आउट गरी फोटोकपी गर्ने ३ जनालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परीक्षामा सहभागी परीक्षार्थीले फेसबूकको म्यासेन्टरबाट प्रश्नपत्र आउट गराएका थिए । उक्त प्रश्नपत्र अरुलाई पनि बाँड्नका लागि फोटोकपी गर्दै गरेको अवस्थामा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति र अन्य २ जना छन् ।

प्रहरीले ३ जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : १० बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक