किन हुन छोड्यो नीताको चर्चा ? | Khabarhub Khabarhub

किन हुन छोड्यो नीताको चर्चा ?


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका नीता ढुंगानाको केही वर्षअघिसम्म पनि राम्रो चर्चा हुने गर्थ्यो । खासै खुलेर नबोल्ने यी नायिकाले चलचित्र ‘पञ्चायत’ मा गरेको अभिनयका कारण पनि राम्रो तारिफ बटुलिन् ।

पछिल्लो समय भने नीताको चर्चा झण्डै शून्यजस्तै छ । त्यसो त नीता खासै फण्डा गर्न नजान्ने नायिका पनि हुन् । नेपाली फिल्म उद्योगमा भने जसले फण्डा गर्न जानेको छ, उही अगाडि आउने गर्छ ।

हालै रिलिज भएको चलचित्र ‘साइनो’ ले पनि खासै चर्चा कमाएन । अर्कातिर फिल्ममा नीता पनि थिइन् तर उनको चर्चा नै भएन । बरु उनलाई मिरुनाले रिप्लेस गरिन् । अर्को चलचित्र ‘मारुनी’ मा पनि नीता ढुङ्गानाको अभिनय छ । तर, उनको कुनै चर्चा नै छैन ।

फिल्म घोषणाका बेला नीता खुबै उत्सुक देखिएकी थिइन् । तर अहिले उनको चर्चा छैन, फिल्मको चर्चा भयो भने पनि साम्राज्ञी शाहको चर्चा हुन्छ । नीता ओझेलमा परेकी छिन् ।

उनी ओझेलमा पर्नुको कारण फिल्म छान्न नजानेर पनि हो भन्ने कतिपयको धारणा छ नीताका हातमा अहिले करिअरलाई माथि उठाउने कुनै फिल्म छैनन् । अझै केही वर्ष नीताले यस्तै फिल्ममा काम गरिन् भने कतै उनको करिअर नै धरमराउने त होइन ?

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ४३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले