शशांकको थाइल्याण्ड भ्रमण : छोरीलाई अमेरिका जानेक्रममा छोड्ने बाहेक छैन कुनै कार्यसूची « Khabarhub

शशांकको थाइल्याण्ड भ्रमण : छोरीलाई अमेरिका जानेक्रममा छोड्ने बाहेक छैन कुनै कार्यसूची


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला थाइल्याण्ड भ्रमणमा निस्किएका छन् । छोरीलाई अमेरिका जाने क्रममा छोड्न भन्दै कोइराला एक साता लामो थाइल्याण्ड भ्रमणमा निस्किएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह गत २४ गतेदेखि नै थाइल्याण्डको भ्रमणमा निस्किएका बेला डा शशांकको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन नहुँदै गणतन्त्र धरापमा परेको र राजतन्त्र आउने वातावरण बनेको भन्दै विभिन्न क्षेत्रबाट टिप्पणी भइरहेका बेला कोइरालाको भ्रमणलाई थप शंसयका साथ पनि हेरिएको छ ।

‘छोरी अमेरिका जाने हुँदा छोरीलाई छोड्नका लागि मात्र त्यहाँ (थाइल्याण्ड) सम्म जान लाग्नुभएको हो’,शशांकका सहयोगी भरत तिवारीले भने, ‘उहाँ छोरीलाई छोडेर एक हप्तामा स्वदेश फर्कनुहनेछ ।’

उनले राजनीतिक भेटघाटसहितका अन्य कार्यसूची नरहेको जानकारी दिए ।

डा कोइरालाले नेपालमा धर्म निरपेक्षतासहित संघीय लोकतन्त्रिक गणतन्त्र कार्यान्वयन भएपछि पनि त्यसका विषयमा फरक धारणा राख्दै आएका छन् । धर्म निरपेक्षता र गणतन्त्रका विषयमा जनमत संग्रहको विषय उठाउँदै आएका कारण पनि पूर्वराजासँगै कोइरालाले गरेको थाइल्याण्ड भ्रमणका विषयमा विविध प्रश्न उठेका हुन् ।

दाजु प्रकाश कोइरालाको सल्लाहमा चल्ने तथा नेपालमा राजतन्त्रका पक्षमा वकालत गरेर कांग्रेस पार्टी छोडेका नेता विश्वबन्धु थापाका नातीसँग छोरीको विवाह भएका कारण पनि डा शशांकलाई पारिवारिक रुपमा राजपरिवारसँग जोड्ने गरिन्छ ।

पछिल्लो समय उनले राख्दै आएका धारणा बहसकाे विषय समेत बन्ने गरेकाे छ भने पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्डमै रहँदा खास काम विनै भएको शशांकको भ्रमणलाई फरक रुपमा हेरिएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : ४१ बजे

सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र महानिरीक्षकको जोड

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि