अन्तर्राष्ट्रिय विमानस्थलसम्मै पुगे हङकङका प्रदर्शनकारी, उडान र अवतरण ठप्प « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलसम्मै पुगे हङकङका प्रदर्शनकारी, उडान र अवतरण ठप्प


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– प्रदर्शनका कारण हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरुको उडान र अवतरण ठप्प भएको छ । दशौं हजार प्रदर्शनकारीहरु आगमन कक्षमा प्रवेश गरी प्रदर्शन गर्न थालेपछि हङकङ विमानस्थलको सम्पूर्ण उडान र अवतरण रोकिएको अधिकारीले जनाएका छन् ।

विमानस्थलले विज्ञप्ति जारी गर्दै सोमबारका लागि सम्पूर्ण उडान तथा अवतरण बन्द गरिएको जनाएको हो ।

मानिसहरुको प्रदर्शनका कारण विमानस्थलको कारवाही प्रभावित भएकाले यस्तो निर्णय लिइएको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थलको एअर ट्राफिक पूर्ण रुपमा प्रभावित भएको र विमानस्थलको कार पार्किङ पनि भरिएको विमानस्थलले जनाएको छ । त्यस्तै विमानस्थलले प्रदर्शनकारीलाई विमानस्थलबाट बाहिर जान समेत आह्वान गरेको छ ।

हङकङका विमान सेवा कम्पनीहरु क्याथी प्यासिफिक तथा क्याथी ड्रगनले आफ्ना सेवाग्राहीलाई हङकङ विमानस्थलतर्फ नजान र जरुरी बाहेकका सबै यात्रा स्थगन गर्न आह्वान गरेका छन् ।

एशियाको व्यस्त विमानस्थलमा पर्ने हङकङ विमानस्थल बन्द हुँदा यसबाट दशौं हजार यात्रु प्रभावित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ६ : ३८ बजे

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा

आज पोखरामा कांग्रेसको आमसभा

पोखरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा