विश्वभर मनाइयो बकर इद (विभिन्न मुलुकका ३१ तस्बीर) | Khabarhub Khabarhub

विश्वभर मनाइयो बकर इद (विभिन्न मुलुकका ३१ तस्बीर)


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुसलमानहरुको सबैभन्दा ठूलो चाड इल उल अजहा अर्थात् बकर इद विश्वभर हर्षोल्लसपूर्वक मनाइएको छ । विश्वभरका करिब १ अर्ब ८० करोड मुसलमानहरुले इस्लामिक क्यालेन्डरको अन्तिम महिना धू अल–हिजाको १० औं दिनमा बकर इद मनाउँछन् ।

चौपायाको बली दिएर मनाइने यो चाड इस्लाम धर्मको सबैभन्दा महत्वपूर्ण चाड मानिन्छ । मुसलमानहरुले सबैभन्दा महत्वपूर्ण तीर्थ हज पनि यही चाडमा गर्ने परम्परा छ ।

निष्ठा जाँच गर्नका लागि अल्लाहले पैगम्बर इब्राहिमलाई आफ्ना छोरा इस्माइललाई मार्नू भन्ने आदेश दिएको तर, इब्राहिमले इस्माइललाई मार्ने बेला अल्लाह प्रसन्न भएर इस्माइलको स्थानमा भेंडा राखिदिएको विश्वासका आधारमा बकर इद मनाइन्छ ।

बकर इदमा चौपायाको बली दिइने गरिन्छ । यो चाडमा विश्वभरका मुसलमानहरुले ठाउँअनुसार खसीबोका, गोरु, उँट, भेंडाको बली दिएर आफ्ना साथीभाई नातागोता र आफन्तहरुसँग बाँडेर खाने परम्परा छ ।

विश्वभर मुसलमानहरुले कसरी इद मनाए ? हेरौं तस्बीरमा :

अफगानिस्तानमा बकर इदका अवसरमा विदाको सदुपयोग गरी रमाउँदै बालबालिका / तस्बीर रोयटर्स
अल्बानियाको राजधानी टिरानास्थित स्कन्दरबेग चोकमा इदको प्रार्थाना गर्दै मुसलमानहरु / तस्बीर एएफपी गेटी इमेज
अल्बानियाको राजधानी टिरानास्थित स्कन्दरबेग चोकमा ह्वीलचियरबाटै प्रार्थाना गर्दै / तस्बीर ईपीए
इराकको राजधानी बगदादमा इदको प्रार्थानाका लागि मस्जिद पुगेका बालक / तस्बीर एएफपी
बंगलादेशमा इदको नमाज पढ्दै मुसलमानहरु / तस्बीर ढाका ट्राइब्यून
बेलारुसमा इदको प्रार्थाना गर्दै महिला / तस्बीर गेटी इमेज
दुबईको अल फारुख ओमर बिन खत्तब मस्जिदमा इदको शुभकामना साट्दै / तस्बीर गल्फन्यूज
इजिप्टको टान्टा शहरस्थित डाल्गामोनमा प्रार्थाना गर्दै / तस्बीर ईपीए
इण्डोनेशियाको राजधानी जकर्ताको सडकमा प्रार्थाना गर्दै / तस्बीर रोयटर्स
इथियोपियाको राजधानी आदिस अबाबास्थित रंगशालामा सामूहिक प्रार्थानासभामा सहभागीहरु / तस्बीर गेटी इमेज
साउदी अरबको मक्का शहरमा हजमा सहभागीहरु / तस्बीर एपी
साउदी अरबको मक्का शहरस्थित मस्जिद अल हराममा काबामा भेला भएका तिर्थालुहरु / तस्बीर गेटी
साउदी अरबको मक्का शहरको सडकमा हजयात्रीहरु / तस्बीर रेक्स
इण्डोनेशियाको पश्चिम सुमात्रा राज्यको पेडाङ शहरस्थित बैतउरामा मस्जिदमा प्रार्थाना गर्न भेला भएका मुसलमानहरु / तस्बीर रोयटर्स
आइभोरी कोष्टको अबिदजाँ शहरमा सामूहिक प्रार्थानामा सहभागीहरु / तस्बीर ईपीए

 

भारतको जम्मू कश्मीरमा सामूहिक प्रार्थाना सभा / तस्बीर एएनआई
किर्गिजस्तानको राजधानी विस्खेकभन्दा २० किलोमिटर टाढा रहेको बेश कुन्गोय गाउँमा इदको रौनक / तस्बीर ईपीए
लिबियामा इदको प्रार्थाना / तस्बीर गेटी इमेज
बेलायतको म्यान्चेष्टर शहरमा इदको प्रार्थाना / तस्बीर मेन
उत्तरी नाइजेरियाको कट्सिना राज्यस्थित दाउरा गाउँमा इद / तस्बीर च्यानल्स टिभी
पाकिस्तानको जलालावाद शहरनजिकै इदको प्रार्थाना गर्दै मुसलमानहरु / तस्बीर गेटी इमेज
प्यालेष्टाइनको मस्जिद अल अक्शामा प्रार्थानाका लागि भेला भएका मुसलमानहरु / तस्बीर रोयटर्स
फिलिपिन्सको राजधानी मनिलामा रहेको लुनेटा पार्कमा इदको प्रार्थाना गर्न भेला भएका महिलाहरु / तस्बीर एएफपी
रुसको राजधानी मस्कोमा रहेको क्याथेड्रल मस्जिदमा प्रार्थाना गर्दै / तस्बीर गेटी
चीनको साङ्घाई शहरमा इदको प्रार्थाना सभा / तस्बीर रोयटर्स
सुडानको राजधानी खार्तुममा इद / तस्बीर एमईओ
सिरियाको राजधानी दमास्कसमा इदका लागि राखिएको बजार अवलोकन गर्दै / तस्बीर साना
दक्षिणी थाइल्याण्डको नाराथिवात प्रान्तमा आफन्तको चिहानमा प्रार्थाना गर्दै मुसलमान / तस्बीर एएफपी
टर्कीको इस्तानबुल शहरस्थित जमिल्का मस्जिदमा प्रार्थानाका लागि भेला भएका मानिसहरु / तस्बीर गेटी इमेज
यूएईका मुसलमान इदको प्रर्थाना गर्दै / तस्बीर एएफपी
यमनको राजधानी सानामा इदको शुभकामना आदान प्रदान हुँदै / तस्बीर एएफपी

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ३ : २१ बजे

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना