‘कड्डडी ३’ को शीर्ष गीत सार्वजनिक (भिडियो) « Khabarhub

‘कड्डडी ३’ को शीर्ष गीत सार्वजनिक (भिडियो)


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको कथा झल्काउने गरी तयार पारिएको ट्रेलर सोमबार सार्वजनिक गरियो ।

गीतको भिडियोमा कालीप्रसाद बाँस्कोटा, अनुपम शर्मा लगायतले अभिनय गरेका छन् । केही दृश्यमा दयाहाङ राई र उपासना सिंह ठकुरीलाई पनि देख्न सकिन्छ ।

अनुपम शर्मा र कालीप्रसाद बाँस्कोटाले लेखेको यो गीतमा सनी सुनमको संगीत सुन्न सकिन्छ । कालीप्रसाद बाँस्कोटाको कन्सेप्टलाई बिजु कर्माचार्यले निर्देशन गरेका हुन् ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेको यो स्किृप्ट कमेडी शैलीमा तयार पारिएको छ ।

फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, कविता आले, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ४ : ३३ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,