सैनिक कल्याणकारी कोषबाट पेन्सन खानेका लागि ६ रंगका पट्टाको व्यवस्था « Khabarhub

सैनिक कल्याणकारी कोषबाट पेन्सन खानेका लागि ६ रंगका पट्टाको व्यवस्था


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सेवा निवृत्त भएका पूर्व सैनिक तथा उनीहरुका आश्रित परिवारलाई सैनिक कल्याणकारी कोषबाट निवृत्तिभरण पाउने गरी विभिन्न ६ प्रकारका पट्टाको व्यवस्था गरेको छ ।

यसका लागि सेनाले ६ रंगको पट्टाको व्यवस्था गरेको छ । सेनाले हरेक ६ महिनामा २ हजार ५ सय तथा वार्षिक रुपमा ५ हजारका दरले साधारण निवृत्तिभरण पाउने सकल दर्जाका लागि पहेँलो रंगको पट्टाको व्यवस गरेको छ ।

यस्तै, १ हजारका दरले कल्याणकारी निवृत्तिभरण पाउने ७० वर्ष उमेर नाघेका भूतपूर्व सैनिक तथा आश्रित परिवारका हरियो रंगको पट्टाको व्यवस्था गरिएको छ ।

यस्तै, सेवारत अवस्थामा मृत्युवरण गर्ने सैनिक परिवार (श्रमान्÷श्रीमती) र कालगतिले मृत्यु हुने अवकाश प्राप्त सैनिक कर्मचारीका श्रीमान् तथा श्रीमतीलाई मासिक १ हजार रुपैयाँ कल्याणकारी निवृत्तिभरण उपलब्ध गराउनका लागि निलो रंगको पट्टाको व्यवस्था गरिएको छ ।

यस्तै, विभिन्न प्रकोपका घटनामा परेर मृत्युवरण गरेका सैनिक कर्मचारीका परिवारलाई कल्याणकारी कोषबाट मासिक रुपमा २ हजार उपलब्ध गराउन खैरो रंगको पट्टाको व्यवस्था गरिएको सैनिक कल्याणकारी कोषका निर्देशक सहायक रथी सागरबहादुर केसीले जानकारी दिए ।

सहायक रथी केसीका अनुसार कल्याणकारी कोषबाट सहुलित खाइपाइ आइरहेका ९० वर्षभन्दा माथि ९८ वर्ष ११ महिला ३० दिनसम्मको उमेर भएका हिताधिकारीलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने प्याजी रंगको पट्टाको व्यवस्गा गरिएको छ ।

९९ वर्ष भन्दा माथिको उमेर भएको (अति ज्येष्ठ) पूर्व सैनिक कर्मचारीका लागि मासिक १० हजार रुपैयाँ पाउने गरी रातो रंगको पट्टाको व्यवस्था गरिएको सेनाले जनाएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : २३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका