ग्वाटेमालाका नयाँ राष्ट्रपति बने आलेहान्द्रो जियमात्तेयी « Khabarhub

ग्वाटेमालाका नयाँ राष्ट्रपति बने आलेहान्द्रो जियमात्तेयी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्वाटेमाला सिटी– ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालामा दक्षिणपन्थी धारका नेता आलेहान्द्रो जियमात्तेयी नयाँ राष्ट्रपति निर्वाचित भएका छन् ।

प्रारम्भिक नतिजा अनुसार उनले ५९ प्रतिशत मत ल्याएको तथा उनकी प्रतिद्वन्द्वी एवं पूर्व प्रथम महिला सान्ड्रा टोरेजले ४१ मत ल्याएका छन् ।

गत जुन महिनामा भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेद्वारबीच चुनावी प्रतिस्पर्धा भएको हो । टोरेजले यसअघि पनि दुई पटक राष्ट्रपतिमा उम्मेद्वारी दिइसकेकी थिइन् भने जियमात्तेयी पनि यसअघि भएका तीन राष्ट्रपतीय निर्वाचनमा असफल भएका थिए ।

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको तथा नयाँ राष्ट्रपति निर्वाचित भएपनि मुलुकमा कुनै उल्लेखनीय सुधार हुने सम्भावना नदेखेका ग्वाटेमालाका मतदाताको निर्वाचनमा सहभागीता भने अत्यन्त न्यून रहेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचन अघि उनले अमेरिकासँग भएको विवादास्पद आप्रवासन सम्झौता परिवर्तन गर्ने घोषणा गरेका थिए ।

अर्को वर्षको शुरुमा राष्ट्रपतिको औपचारिक जिम्मेवारी सम्हाल्ने उनको कार्यकाल ४ वर्षको हुनेछ । वर्तमान राष्ट्रपति जिम्मी मोरालेजको कार्यकाल आगामी वर्ष सकिँदैछ । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले सम्बोधन गर्दै आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउने सबै मतदातालाई धन्यवाद दिएका छन् ।

बढ्दो असुरक्षा, महङ्गी तथा बेरोजगारीका कारण आगामी राष्ट्रपतिको कार्यकाल निकै चुनौतिपूर्ण हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : २९ बजे

बलात्कार आरोपी मनोज पाण्डेलाई ७ वर्ष जेल र ७५ हजार रुपैयाँ सजाय

काठमाडौँ- बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका सौन्दर्य प्रतियोगिताका सञ्चालक

बझाङमा रुखबाट लडेर महिलाको मृत्यु

काठमाडौँ- बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

माघ २९ र फागुन १ गते बस्ने भनिएको एमाले केन्द्रिय समिति बैठक स्थगित

काठमाडौँ- नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मोन्टी देसाई

लोक सेवा आयोगद्वारा शाखा अधिकृतको लिखित परीक्षा स्थगित

काठमाडौँ- लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगित गरेको