कसरी मनाइयो जम्मू कश्मीरमा बकर इद ? « Khabarhub

कसरी मनाइयो जम्मू कश्मीरमा बकर इद ?


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– जम्मू कश्मीरलाई प्रदान गरेको विशेष राज्यको मान्यता खारेज गरेसँगै अपनाइएको उच्च सुरक्षा सतर्कताबीच जम्मु कश्मीरले बकर इद मनाइएको छ ।

बाक्लो सुरक्षा तैनाथीकाबीच कश्मीरमा रहेका मुस्लिम धर्मावालम्वीले इद मनाएका छन् । सुरक्षाकर्मीले एक्लै वा दुई जनासम्मलाई मस्जिद जान अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उच्च सुरक्षा सतर्कता अपनाइएका कारण त्यहाँ ठूलो सङ्ख्यामा मानिसहरुलाई एकै ठाउँमा भेला हुन दिइएको छैन ।

त्यस्तै, सानो सङ्ख्यामा मात्र मानिसहरुलाई मस्जिदमा प्रार्थाना गर्न दिइएका कारण धेरैजसो मानिसहरुले घरमै इद मनाएको बताइएको छ ।
त्यस्तै, त्यहाँ सञ्चार सेवा बन्द रहेका कारण त्यहाँको वास्तविक घटनाको यथार्थ जानकारी आउन सकेको छैन । तैपनि स्थानीय श्रोतलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार त्यहाँका सडक अझै पनि सुनसान छन् भने ठूलो सङ्ख्यामा मानिसहरुलाई एकै स्थानमा भेला हुन दिइएको छैन ।

भारत सरकारले राज्यका अधिकांश मस्जिद खुला रहेपनि सुरक्षा संवेदनशीलताका कारण केही मस्जिदहरु भने बन्द गरिएको जनाएको छ । त्यस्तै इदको प्रार्थाना पछि राज्यका केही मस्जिदमा भारतविरोधी नारा लगाइएको तर, अधिकांश प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ ।

केही दिनअघि बेलायती प्रसारण संस्था बीबीसीले कश्मीरमा सयौं मानिसहरुले सरकारविरोधी प्रदर्शन गरेको भिडियो सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : ४९ बजे

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको