हङकङ विमानस्थल प्रदर्शनकारीको कब्जामा, उडान ठप्प « Khabarhub

हङकङ विमानस्थल प्रदर्शनकारीको कब्जामा, उडान ठप्प


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ- अधिक स्वायत्तता तथा लोकतन्त्रका लागि आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले हङकङको विमानस्थल कब्जा जमाएपछि सम्पूर्ण उडान तथा अवतरण ठप्प भएका छन् । विश्वकै व्यस्त मानिने हङकङ विमानस्थलको टर्मिनल कक्षमा हजारौं प्रदर्शनकारी प्रवेश गरेपछि  सम्पूर्ण उडान तथा अवतरण स्थगन गरिएको हो ।

यो पछिल्लो आन्दोलनलाई हङकङको इतिहासकै ठूलो प्रदर्शनका रुपमा लिइएको छ । प्रदर्शनका कारण चीन सरकार ठूलो राजनीतिक दबाबमा परेको छ । प्रदर्शनकारीले कालो भण्डासहित चीनविरोधी नारा लगाएका छन् । उनीहरुले हङकङकी प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने समेत माग गरेका छन् ।

विमानस्थल प्रदर्शनकारीको कब्जामा पुगेपछि विमानस्थल प्रशासनले सोमबारका लागि सम्पूर्ण उडान तथा अवतरण स्थगन गरिएको तथा यसबाट सेवाग्राहीलाई पर्न गएको असहजताप्रति क्षमायाचना गरेको छ । विमानस्थलले प्रदर्शनकारीलाई विमानस्थलबाट बाहिर जान समेत आह्वान गरेको छ ।

प्रदर्शनका कारण करिब १६० भन्दा धेरै उडान प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हङकङ विश्वको व्यस्त विमानस्थल मानिन्छ । यहाँबाट हरेक दिन दशौं हजार मानिसहरुको आवागमन हुने गरेको छ ।

हङकङका विमान सेवा कम्पनीहरु क्याथी प्यासिफिक तथा क्याथी ड्रगनले आफ्ना सेवाग्राहीलाई हङकङ विमानस्थलतर्फ नजान र जरुरी बाहेकका सबै यात्रा स्थगन गर्न आह्वान गरेका छन् । विमानस्थल बन्द हुँदा यसबाट दशौं हजार यात्री प्रभावित भएका छन् ।

यता चीनले भने प्रदर्शनकारीले विमानस्थलमा कब्जा जमाएपछि त्यसको कडा शब्दमा निन्दा गरेको छ । हङकङका प्रदर्शनकारीलले आतंकवादी शैलीमा प्रहरीमाथि आक्रमण गरेको भन्दै यसविरुद्ध कठोर कदम चाल्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ०१ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट