ठूला मिडिया हाउसबाट श्रमजीवी आन्दोलन शुरु गर्ने महासंघको चेतावनी « Khabarhub

ठूला मिडिया हाउसबाट श्रमजीवी आन्दोलन शुरु गर्ने महासंघको चेतावनी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

दाङमा सोमबार साक्षात्कारमा बोल्दै आचार्यले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र दिलाउनका लागि आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् ।

उनले श्रमजीवी पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागि ठूला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए ।

‘श्रमजीवी पत्रकारहरुको अधिकार दिलाउनका लागि मिडिया हाउस बन्द भएपनि आन्दोलन रोकिँदैन’ उनले भने ‘सरकारले ल्याउन लागेको प्रेस विरोधी विधेयक महासंघको आन्दोलनका कारण रोकिएको हो ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलनका कारण सरकारपछि हटेको दावी गरे ।

सरोकारवालाहरुसँग समन्वय र सहकार्य नगरी ल्याउने जस्तोसुकै कानून आफूहरुलाई मान्य नहुने उनले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ३५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको