ठूला मिडिया हाउसबाट श्रमजीवी आन्दोलन शुरु गर्ने महासंघको चेतावनी « Khabarhub

ठूला मिडिया हाउसबाट श्रमजीवी आन्दोलन शुरु गर्ने महासंघको चेतावनी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

दाङमा सोमबार साक्षात्कारमा बोल्दै आचार्यले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र दिलाउनका लागि आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् ।

उनले श्रमजीवी पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागि ठूला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए ।

‘श्रमजीवी पत्रकारहरुको अधिकार दिलाउनका लागि मिडिया हाउस बन्द भएपनि आन्दोलन रोकिँदैन’ उनले भने ‘सरकारले ल्याउन लागेको प्रेस विरोधी विधेयक महासंघको आन्दोलनका कारण रोकिएको हो ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलनका कारण सरकारपछि हटेको दावी गरे ।

सरोकारवालाहरुसँग समन्वय र सहकार्य नगरी ल्याउने जस्तोसुकै कानून आफूहरुलाई मान्य नहुने उनले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ३५ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते