टिचिङ अस्पताल परिसरमा आगलागी « Khabarhub

टिचिङ अस्पताल परिसरमा आगलागी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको महाराजगंजस्थित त्रि.वि. शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ ।

भवनको पाँचौ तलमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ । दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट भवनमा रहेको भौतिक संरचनामा सामान्य क्षति भएको छ ।

आगलागी भएपछि घटास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो । आगलागीबाट विरामीलाई कुनै समस्या नपरेको अस्पताल प्रशासनले जनाएको छ । विद्युतिय सर्किट सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ५९ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई