तपाईको पार्टनरले कतै भ्रममा राख्नुभएको त छैन ? पत्ता लगाउने पाँच तरिका | Khabarhub Khabarhub

तपाईको पार्टनरले कतै भ्रममा राख्नुभएको त छैन ? पत्ता लगाउने पाँच तरिका


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको सम्बन्ध विश्वासमा अड्किएको हुन्छ । विश्वास लाग्दैन सम्बन्ध त्याग्दा हुन्छ । अन्यथा विश्वासिलो बनाउने आधार तय गर्नुपर्ने हुन्छ । युवायुवतीमा यस्ता समस्या देखिरहन्छन् सम्बन्ध तोड्न झैँ जोड्न सहज पक्कै हुँदैन ।

पार्टनरसँगको असझदारीमा सम्बन्ध तोड्ने विचार गर्दै हुनुहुन्छ भने निर्णय लिनुभन्दा अगाडि आफैसँग केही प्रश्न गर्नु उत्तम हुन्छ । यस्तो अवस्थामा आफैँसँग गरिने प्रश्नको अधिकांश उत्तर हो मा आयो भने ब्रेकअप गर्नु राम्रो । हैनमा आयो भने सम्बन्ध सुधार्ने बाटो अझै बाँकी छ भन्ने अध्ययनले देखाउँछ ।

ब्रेकअपको निर्णय अगाडि आफैँसँग प्रश्न गर्नुस्

के पार्टनरले धोका दिइरहेको छ ?  अधिकांश सम्बन्ध तोडिनुको कारण सम्बन्धमा इमानदारिताको कमी नै हो । ऊ एकभन्दा बढी सम्बन्धमा हुनसक्छ । एकभन्दा बढी व्यक्तिसँग एकैपटक डेटमा बस्ने पनि हुन्छन् । तर कहिलेकाहीँ यो शंकाको परिणाम पनि हुनसक्छ । शंकाकै भरमा सम्बन्ध तोड्ने राम्रो हैन । पार्टनरको व्यवहारमाथि शंका छ भने मनमा गुम्स्याएर नराखी प्रस्ट कुरा गर्नु उत्तम हुन्छ । यसले झुठ बोलिरहेको हो या शंका सत्य हो भन्ने छुटिन्छ । यदि धोका दिइरहेको देखिए पुनर्मिलन भन्दा ब्रेकअपको निर्णय राम्रो हो ।

पछुताउनुभन्दा विकल्पा खोज्नु उत्तम

सम्बन्ध तोड्ने निर्णय अगाडि आफैँसँग बारम्बार प्रश्न गर्नुस् । कतै यो निर्णयले पछि पछुताउनु पर्ने अवस्था त आउँदैन ? ब्रेकअप गरिसकेपछि उसको यादले धेरै सताउने पो हो कि, सँगै बिताएका पलले पटक–पटक झस्काउने हो कि ? उसैको सम्झना आइरहने हो कि ? सम्बन्ध तोडेर मानसिक तनावमा परिने पो हो कि ? यी प्रश्नको अधिकांश जवाफ हो मा आयो भने सम्बन्ध सुधारमा लाग्नु उत्तम ।

समय छैन भन्ने आडमा भ्रममा राखेको त छैन ?

पार्टनबीच एक अर्कासँग बिताउने समय नहुँदा पनि धेरै सम्बन्ध टुटिरहेका छन् । यदि तपाईंको पार्टनरले पनि पर्याप्त समय दिइरहेको छैन भने ऊसँग समय नै नभएर नदिएको हो या बहाना बनाएको यो विषयमा सवैभन्दा बढी चनाखो हुनुपर्छ । कतिपय अवस्थामा पार्टनरसँग समय भएको बेलामा तपाईंसँग समय नहुनसक्छ, कहिले तपाईंसँग समय भएको बेलामा पार्टनर व्यस्त हुन सक्छन् । यो हो भने संयोग मात्र हो । यस्तो हो भने यसमा दुवैको दोष हुन्छ । यस्तो अवस्थामा ब्रेकअप गर्नुभन्दा समय व्यवस्थापनमा ध्यान दिनु मानिन्छ ।

कतै मनमा सम्मान र प्रेम नै छैन कि ?

सम्बन्धको प्रारम्भमा मनमा प्रेम भए पनि सम्बन्ध अगाडि बढेसँगै बिस्तारै सम्मान र प्रेम घट्दै जानसक्छ । यसका विविध पक्ष हुन सक्छन् । प्रारम्भमा सोचेको कुरा विस्तार पूरा नहुँदा अवस्था झन जटिल मोडमा पुग्छ । यदि यो चरणमा सम्बन्ध पुगिसकेको छ भने सम्बन्ध तोड्नु राम्रो । तर पार्टनरको मनमा प्रेम नभएको भ्रम हो या हैन त्यसमा भने राम्रो ख्याल राख्नुपर्ने हुन्छ ।

मानसिक तनावले च्यापेको त छैन ?

व्यस्त जीवन मानिसलाई मानसिक समस्यातर्फ धकेलिरहेको हुन्छ । यसले व्यक्ति झगडालु, सानो विषयमा रिसाइहाल्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा सामान्य गुनासोले पनि सम्बन्धमा प्रभाव पार्न सक्छ र व्यक्ति सम्बन्ध टुटाउने निर्णयमा पुग्नसक्छ । सनकको भरमा यसलाई तोड्नु उत्तम हुँदैन । सकेसम्म रिसलाई काबुमा राखेर सम्बन्ध सुमधुर बनाउनुपर्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ८ : ३१ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता