नील आर्मस्ट्रङ्गले दिएका थिए चन्द्रमाको धुलो माटो उपहार, एक महिलाले हालिन नासाविरुद्ध मुद्दा « Khabarhub

नील आर्मस्ट्रङ्गले दिएका थिए चन्द्रमाको धुलो माटो उपहार, एक महिलाले हालिन नासाविरुद्ध मुद्दा


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको सिनसिनाटी ओहायो निवासी एक महिलाले अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ्गले आफूलाई दिएको चन्द्र सतहको धुलो माटो सम्बन्धी विवादमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासामाथि मुद्दा दायर गरेकी छन् ।

चन्द्रमामा पहिलो पटक मानव पाइला राख्ने अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ्गले चन्द्र सतहबाट ल्याएको धुलो माटो लौरा सिक्कोलाई उपहार स्वरुप दिएका थिए ।

नील आर्मस्ट्रङ्गले आफूलाई दिएको उक्त धुलो माटो नखोसियोस् भनेर उनले नासाविरुद्ध मुद्दा दायर गरेकी हुन् । लौराका पिता र नील आर्मस्ट्रङ्ग कुनै समय नजिकको साथी भएकाले नीलले आफूलाई चन्द्र सतहको धुलो माटो राखिएको सिसी उपहार दिएको उनको भनाइ छ ।

सन् १९७० तिर नील आर्मस्ट्रङ्गले लौरालाई दशौँ जन्मदिनको अवसरमा एक चिठ्ठीसँगै चन्द्र सतहको धुलो माटोले भरिएको सिसी उपहार दिएका थिए ।

उनका अनुसार उनका पिता टम अमेरिकी सेनाका पाइलट थिए । सेनामा कार्यरत रहँदा टमले नील आर्मस्ट्रङ्गसँग लामो समय सँगै बिताएका थिए ।

लौरा कुनै पनि हालतमा नील आर्मस्ट्रङ्गबाट पाएको उक्त उपहार गुमाउन चाहदिनन् । उनले भनेकी छन्, ‘इतिहास साक्षी छ, जब यस खालका वस्तु नासाको सामु आउँछ, उसले त्यसलाई कब्जामा लिने गरेको छ । त्यसैले उक्त समय आउनु अगाडि नै आफ्नो सामानको रक्षार्थ नासाविरुद्ध मुद्दा दायर गरेकी हुँ ।’

समाचारअनुसार कुनै पनि नागरिकलाई चन्द्रमाबाट जुन कुनै सामान लैजाने अधिकार हुन्छ । लौराका वकिलले भनेका छन्, ‘उनको दावी उचित छ, सिसीमा बन्द गरिएको चिज चन्द्रमाको धुलो हो, जसको वैधानिक अधिकार रहेको मालिक लौरा हुन् ।’

नासाका एक अधिकारीले भने यस मुद्दाका विषयमा प्रतिक्रिया दिँदै अन्तरिक्ष एजेन्सीका लागि यस किसिमको मुद्दामाथि टिप्पणी गर्नु अनुचित हो भनेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै