नील आर्मस्ट्रङ्गले दिएका थिए चन्द्रमाको धुलो माटो उपहार, एक महिलाले हालिन नासाविरुद्ध मुद्दा « Khabarhub

नील आर्मस्ट्रङ्गले दिएका थिए चन्द्रमाको धुलो माटो उपहार, एक महिलाले हालिन नासाविरुद्ध मुद्दा


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको सिनसिनाटी ओहायो निवासी एक महिलाले अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ्गले आफूलाई दिएको चन्द्र सतहको धुलो माटो सम्बन्धी विवादमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासामाथि मुद्दा दायर गरेकी छन् ।

चन्द्रमामा पहिलो पटक मानव पाइला राख्ने अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ्गले चन्द्र सतहबाट ल्याएको धुलो माटो लौरा सिक्कोलाई उपहार स्वरुप दिएका थिए ।

नील आर्मस्ट्रङ्गले आफूलाई दिएको उक्त धुलो माटो नखोसियोस् भनेर उनले नासाविरुद्ध मुद्दा दायर गरेकी हुन् । लौराका पिता र नील आर्मस्ट्रङ्ग कुनै समय नजिकको साथी भएकाले नीलले आफूलाई चन्द्र सतहको धुलो माटो राखिएको सिसी उपहार दिएको उनको भनाइ छ ।

सन् १९७० तिर नील आर्मस्ट्रङ्गले लौरालाई दशौँ जन्मदिनको अवसरमा एक चिठ्ठीसँगै चन्द्र सतहको धुलो माटोले भरिएको सिसी उपहार दिएका थिए ।

उनका अनुसार उनका पिता टम अमेरिकी सेनाका पाइलट थिए । सेनामा कार्यरत रहँदा टमले नील आर्मस्ट्रङ्गसँग लामो समय सँगै बिताएका थिए ।

लौरा कुनै पनि हालतमा नील आर्मस्ट्रङ्गबाट पाएको उक्त उपहार गुमाउन चाहदिनन् । उनले भनेकी छन्, ‘इतिहास साक्षी छ, जब यस खालका वस्तु नासाको सामु आउँछ, उसले त्यसलाई कब्जामा लिने गरेको छ । त्यसैले उक्त समय आउनु अगाडि नै आफ्नो सामानको रक्षार्थ नासाविरुद्ध मुद्दा दायर गरेकी हुँ ।’

समाचारअनुसार कुनै पनि नागरिकलाई चन्द्रमाबाट जुन कुनै सामान लैजाने अधिकार हुन्छ । लौराका वकिलले भनेका छन्, ‘उनको दावी उचित छ, सिसीमा बन्द गरिएको चिज चन्द्रमाको धुलो हो, जसको वैधानिक अधिकार रहेको मालिक लौरा हुन् ।’

नासाका एक अधिकारीले भने यस मुद्दाका विषयमा प्रतिक्रिया दिँदै अन्तरिक्ष एजेन्सीका लागि यस किसिमको मुद्दामाथि टिप्पणी गर्नु अनुचित हो भनेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : ०० बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार