महिलाबाट के चाहन्छन् पुरुष ? यस्ता छन् ७ कुरा « Khabarhub

महिलाबाट के चाहन्छन् पुरुष ? यस्ता छन् ७ कुरा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रेम होस् वा विवाह हरेक पुरुषको महिलाप्रति केही न केही आकांक्षाहरु रहने गर्दछन् । तर कतिपय अवस्थामा ती कुराहरु पुरुषले महिलालाई भन्न सकेका हुदैँनन् ।

जसका कारण पुरुषले आफूबाट के चाहन्छन् भन्ने कुरामा महिलाहरु अनविज्ञ रहन्छन् । तर नभने पनि अधिकांश पुरुषले महिलाबाट के चाहन्छन् त ? हामी केही जानकारी दिँदैछौँ, जसबाट आफ्नो पुरुष साथीले तपाईंबाट के चाहन्छन् भन्ने सजिलै थाहा पाउन सक्नुहुन्छ ।

१. अधिकांश पुरुषले आफ्नो महिला साथीबाट आफ्ना साथीका श्रीमती वा प्रेमिकाभन्दा बढी माया गरोस् भन्ने चाहन्छन् । महिलाले आफूलाई गर्ने माया प्रर्दशन गर्न चाहने पुरुषले आफू पुरुषले आफ्ना साथीका अगाडि यसलाई प्रतिष्ठाको रुपमा तुलना गर्दछन् ।

२. प्रेमिका होस् या श्रीमती पुरुषले आफ्ना साथीका महिला साथीभन्दा आफूलाई बढी समय दिउन् भन्ने चाहन्छन् । साथै समय दिने क्रममा आफूतिर बढी बफदार रहको देखावटी गर्न चाहन्छन्, त्यसैले अरुका सामुन्ने महिला साथीबाट पुरुषले आफ्नो बखान सुन्न चाहन्छन् ।

३. कुनै पनि पुरुषले आफ्नो महिला साथीबाट आफूभन्दा राम्रो केटा पाउँछु भनेर गरेको ठट्टालाई समेत सहन सक्दैनन् । तसर्थ चिढ्याउनका लागि भए पनि महिलाले कहिल्यै आफ्नो पूर्व प्रेम वा अन्य पुरुषसँगको आत्मियता सुनाउनु हुँदैन ।

४. लामो या छोटो केहिबेर छुट्टिएर भेटिँदा पुरुषले महिला साथीलाई अंकमाल गर्न चाहन्छन् । तर परिस्थिति वा व्यवहारिक कामका नाममा महिलाले समय नदिँदा त्यस कुरालाई पूरा गर्न सक्दैनन् । जसले गर्दा पुरुषहरु आफूप्रति महिला साथीको आत्मियता कम भएको ठान्दछन् ।

५. पुरुषले आफ्नो महिला साथीबाट आफूसँग बिताएको पलका बारेमा खुसी साथ बयान गरुन् भन्ने चाहन्छन् । आफन्त वा साथीभाईसँग भेटघाट गर्दा आफ्नो प्रेमी वा श्रीमान्सँग गरेको भ्रमण वा घुमघामका बिषयमा चर्चा गरेर आफू खुसी रहेको देखाउन् भन्ने चाहन्छन् ।

६. अधिकांश पुरुषहरु महिलाले आफ्ना बिषयमा चासो राखेको मन पराउँछन् । उनीहरु आफ्नो जन्म मिति, कार्यालय, काम तथा महत्वपूर्ण बिषयको जानकार हुन् भन्ने चाहन्छन् । उनीहरु यस्ता महत्वपूर्ण दिन वा बिषयमा महिलाबाट समन्वय तथा साथको अपेक्षा गर्दछन् ।

७. पुरुषले महिलाबाट चाहने सबैभन्दा महत्वपूर्ण कुरा भनेको भेटेको समयमा धेरै गुनासो वा विषय, प्रसंग बाहेकका कुरा नगरुन् भन्ने चाहन्छन् । महिलामा कुरा गर्ने बानी हुन्छ तर कतिपय पुरुषहरु मन नपरे पनि ति कुरा सुन्छन्, जब कि उनीहरुलाई धेरै कुरा गरेको मन पर्दैन ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : ०५ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट