रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ « Khabarhub

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन् ।

मंगलबार सानेपामा बसिरहेको बैठकमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘पाँच वर्षका लागि सरकारको ड्राइभिङ सिट प्राप्त गरेकोमा रास्वपालाई बधाई छ । अबको पाँच वर्ष सफलतापूर्वक सरकार चलाओस्’, उनले भने, ‘कांग्रेसलाई फरक र परिपक्व जिम्मेवारी मिलेको छ । अब कांग्रेसले प्रमुख प्रतिपक्षीका रुपमा सरकारलाई जिम्मेवार बनाउने भूमिका खेल्छ । हामी रास्वपा नेतृत्वको सरकारलाई सफल बनाउन रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौँ।’

थापाले अब यसबीचमा गिरीबन्धु प्रकरण, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका भनिएका पैसाबारे छानबिन हुनुपर्ने बताए ।

थापाले भनेका गिरीबन्धुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम जोडिएको थियो । उता भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा निवासमा भेटिएको भनिएको पैसाबारे पनि छानबिन हुनुपर्ने उनले बताए ।

त्यस्तै भदौ २३ गते भएको युवाहरूको हताहती र भदौ २४ गतेको विध्वंशको पनि छानबिन र त्यसमा संलग्नलाई कारबाही गरिनुपर्ने उनले बताएका छन् ।

उनले सार्वजनिक ओहदामा यसअघि बसेका सबैको सम्पत्ति छानबिन गरेर जिम्मेवार बनाउनुपर्ने बताए । यसमा कांग्रेसले रास्वपा सरकारलाई पूरा साथ दिने उनको भनाइ छ।








प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  २ : १५ बजे

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका