चाइनिज ताइपेईविरुद्ध जित हासिल गरेको नेपाली टोली स्वदेश फिर्ता « Khabarhub

चाइनिज ताइपेईविरुद्ध जित हासिल गरेको नेपाली टोली स्वदेश फिर्ता


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन २०२२ को कतार विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेइबिरुद्ध ऐतिहासिक जितहासिल गरेको नेपाली फुटबल टोली बुधबार राति स्वदेश फर्किएको छ ।

नेपाली फुटबल टोली गएराति स्वदेश फर्किएको हो । राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिंग शेर्पा लगायतले स्वागत गरे ।

विश्वकप तथा एसियन कपको छनोट प्रतियोगिताको समूह बी मा रहेको नेपालले पहिलो खेलमा कुवेतबिरुद्ध ७–० को हार व्यहोरेपनि दोस्रो खेलमा भने चाइनिज ताइपेईविरुद्ध २–० को जीत निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ ।

नेपालको जितमा अन्जन विष्टले दुवै गोल गरेका थिए । छनोट प्रतियोगितामा नेपालले पहिलो ३ अंक जोड्न सफल भएको थियो ।

समूह बी को आफ्नो तेस्रो खेलमा नेपालले असोज २३ गते अस्ट्रेलियासँग क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि चौथो खेलका लागि जोर्डन पुग्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ६ : ११ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित