चाइनिज ताइपेईविरुद्ध जित हासिल गरेको नेपाली टोली स्वदेश फिर्ता | Khabarhub Khabarhub

चाइनिज ताइपेईविरुद्ध जित हासिल गरेको नेपाली टोली स्वदेश फिर्ता


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन २०२२ को कतार विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेइबिरुद्ध ऐतिहासिक जितहासिल गरेको नेपाली फुटबल टोली बुधबार राति स्वदेश फर्किएको छ ।

नेपाली फुटबल टोली गएराति स्वदेश फर्किएको हो । राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिंग शेर्पा लगायतले स्वागत गरे ।

विश्वकप तथा एसियन कपको छनोट प्रतियोगिताको समूह बी मा रहेको नेपालले पहिलो खेलमा कुवेतबिरुद्ध ७–० को हार व्यहोरेपनि दोस्रो खेलमा भने चाइनिज ताइपेईविरुद्ध २–० को जीत निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ ।

नेपालको जितमा अन्जन विष्टले दुवै गोल गरेका थिए । छनोट प्रतियोगितामा नेपालले पहिलो ३ अंक जोड्न सफल भएको थियो ।

समूह बी को आफ्नो तेस्रो खेलमा नेपालले असोज २३ गते अस्ट्रेलियासँग क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि चौथो खेलका लागि जोर्डन पुग्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ६ : ११ बजे

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी