ब्रेकफास्ट खाँदा ध्यान दिए शरीर स्वस्थ बन्छ « Khabarhub

ब्रेकफास्ट खाँदा ध्यान दिए शरीर स्वस्थ बन्छ


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले आज बिहानको ब्रेकफास्ट खानु भयो ? हामीमध्ये अधिकांश बिहान खाजा (ब्रेकफास्ट) खाँदैनौँ । बिहान उठेको एक घन्टाभित्र केही न केही खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांक छ । प्रायः हामी बिहान चिया मात्र खान्छौँ । यदि त्योभन्दा बढी खाइहालियो भने बिस्कुट खान्छौँ । त्यो पनि थोरै मात्रामा । यसको सट्टा खाना र दिउँसोको खाजा अलि गहकिलो खाने प्रचलन छ ।

जुन स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन । स्वस्थ रहन ब्रेकफास्ट खान अनिवार्य छ । यसका लागि कम्तीमा पनि २५ सय क्यालोरीयुक्त खानेकुरा लिन आवश्यक हुन्छ ।

यसरी ब्रेकफास्ट खाएमा शरीर मजबुद बन्छ

अन्डा
अन्डा राम्रो क्यालोरीयुक्त पौष्टिक आहार हो । त्यसैले यो ब्रेकफास्टका लागि उपयुक्त छ । दैनिक दुईवटा अन्डा खाँदा दिनभरलाई आवश्यक क्यालोरीको मात्रा उपलब्ध हुन सहयोग पु-याउँछ ।

दूध
ब्रेकफास्टमा एक गिलास दूध खान आवश्यक छ । दूधले पनि शरीरलाई चाहिने क्यलोरी प्रदान गर्छ । बिहानको खानासँगै दूध खाएका अझ फाइदाजनक हुन्छ ।

फलफूल
फलफूल उच्च क्यालोरीयुक्त खाद्यपदार्थ हो । यसर्थ, मौसमी फलफूल बिहानको खाजामा खाए फाइदा गर्छ । तर, अमिलो फलफूल खाँदा एसिडिटी बढ्ने भएकाले ख्याल गर्नुपर्छ । यसर्थ, बिहानै अमिलो फलफूल खाँदा भने आफ्नो स्वास्थ्य अवस्था ख्याल गरौँ ।

स्याउ
स्याउ जुनसुकै उमेर र अवस्थाका मानिसले पनि खान सकिन्छ । एउटा स्याउमा एक सयदेखि दुई सयसम्म क्यालोरी शक्ति पाइन्छ । तसर्थ, बिहान सधैँ एउटा स्याउ खान सके फाइदा पुग्छ । स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बिरामीलाई फाइदा गर्छ ।

ब्रेड
बिहानको नास्तामा पाउरोटी, डुनोट आदिभन्दा पनि ब्राउन ब्रेड खानु लाभदायी हुन्छ । एउटा सामान्य ब्रेडमा करिब एक सय ५० भन्दा बढी क्यालोरी पाइन्छ ।

कार्बोहाइड्रेटयुक्त खानेकुरा
कार्बोहाइड्रेटयुक्त खाना बिहानै खान सकिन्छ । यसले दिनभर ऊर्जाशील रहन मद्दत गर्छ । यीबाहेक सम्भव भएमा खाना, मासु, तरकारी, सागसब्जी आदि खाँदा स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ । ब्रेकफास्टमा करिब २५ सयदेखि तीन हजार क्यालोरी भएका खानेकुरा आवश्यक छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ६ : ५९ बजे

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय

अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा

गुल्मीमा हवाई सेवामा कटौती, अब सातामा तीनवटा उडान

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।