पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर  « Khabarhub

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसको गौरवशाली इतिहास र यसले स्थापनाकालदेखि अँगालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

उनले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको सर्वाङ्गीण शक्तिका रूपमा व्याख्या गरे । बीपी कोइराला र सुवर्ण शमशेरले दुई भिन्न शक्तिलाई एकीकृत गरेर कांग्रेस निर्माण गरेको ऐतिहासिक तथ्य स्मरण गर्दै नेता महरले सोही एकताको जगमा उभिएर सशक्त र एकताबद्ध कांग्रेस निर्माणको सङ्कल्प गर्नुपर्ने बताए ।

उनले पार्टीलाई अझै जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म निर्मम आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने र पार्टीभित्रका विविध विचार तथा दृष्टिकोणहरूलाई उच्चतम् सहिष्णुताका साथ आत्मसात् गर्नुपर्ने औँल्याए ।

विश्व राजनीतिका सकारात्मक दृष्टान्तहरू प्रस्तुत गर्दै उनले बेलायतको लेबर पार्टीले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने उल्लेख गरे ।

विगतका गुटगत किचलो र आन्तरिक शक्ति सङ्घर्षका विषयहरूलाई गौण मान्दै अबको यात्रा एकताबद्ध कांग्रेसका लागि मात्र केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

आगामी १५औँ महाधिवेशनमार्फत पार्टीको साङ्गठनिक र वैचारिक पुनर्संरचना गर्दै हिजोका सबै आग्रह र पूर्वाग्रह त्यागेर शून्यबाटै नवीन यात्रा थाल्नुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १२ : २६ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली