यी ५ कुराले पुरुषलाई बनाउँछ लज्जित « Khabarhub

यी ५ कुराले पुरुषलाई बनाउँछ लज्जित


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कुनै पनि पुरुषका लागि सबैभन्दा आर्कषक पक्ष भनेकै उसको व्यक्तित्व हो ।

आफ्नो स्वाभिमान बढाउँन मानिसहरुले सकेसम्म मेहनत गर्दछन् । तर कतिपय अवस्थामा ब्यक्तित्व बनाउन ध्यान दिने पुरुषलाई केही बिषय वा कमजोरीले अरुको सामु लज्जाबोध गर्नुपर्ने अवस्था आइलाग्छ ।

के कुराले पुरुषलाई लज्जाबोध बनाउँनुका साथै उसको स्वाभिमानमा आँच आउने अवस्था सिर्जना हुनसक्छ ?

१. मोटोपना
अधिकाशं पुरुषहरु मोटोपनाको शिकार हुने गरेका छन् । पुरुषहरुमा भएको गलत खानपानका कारणले मोटोपना बढ्दै जान्छ । यसरी हुने मोटोपनले पुरुषलाई अरुको सामु लाजमर्दाे बनाइदिन्छ । त्यसैले मोटोपनाबाट बच्न दैनिक लौकाको जुस पिउन उपयोगी हुन्छ । लौकाको जुसले मेटापोलिजम बढाई छिट्टै मोटोपन घटाउँछ । साथै शारीरीक ब्यायाम समेत गर्नुपर्दछ ।

२. बाक्ला रौं हुनु
स्वास्थ्यका हिसाबमा रौंले शरीरका संवेदनशील अंगको सुरक्षा गर्छ । तर पुरुषको गाला, नाक, कान, हातगोडा, छाती, पिठ्युमा अत्याधिक मात्रामा आउने रौंले पुरुषलाई फोहोरी देखाउने मात्र होइन कतिपय अवस्थामा लाजमर्दाे बनाइदिन्छ । बेसारमा दही मिसाएर रौ भएको स्थानमा लगाएर सुकेपछि हलुका हातले बिस्तारै रगडेमा बाक्ला रौं पातलिदै जान्छन् ।

३. तालु खुइले हुनु
कुनै पनि मानिसको सुन्दरतामा कपाल सबैभन्दा महत्वपूर्ण भाग हो । तर आजकल गलत खानपान, वशांणुगतगुण तथा कपालका रोगका कारण पुरुषहरुमा तालुखुइलिने समस्या देखापर्छ । जसले अरुको सामुन्ने पुरुषलाई लाजमर्दाे बनाउछ । मेथीका दाना र कालो जिराको पेस्ट बनाई नरिवल तेलमा मिसाएर नियमित टाउकोमा लगाउँदा यसले कपालको घनत्व बढाउँछ ।

४. पैताला गन्हाउने
पुरुषलाई सबैभन्दा लाजमर्दाे बनाउने बिषय मध्ये एक हो, पैताला गन्हाउनु । जुत्ता लगाउने मात्र होइन चप्पल लगाउने पुरुषहरु समेत पैताला गन्हाएको कारण लज्ज्ति हुनुपर्छ । पैताला गन्हाउने समस्याको सरल उपाय भनेको हरेक २ घण्टामा खुट्टा धुनु र सुकेपछि मात्र जुत्ता वा चप्पल लगाउनु नै हो । साथै बेसन र दहिको मिश्रण तयार पारेर पैतालामा लगाए पनि दुर्गन्ध हट्दछ ।

५. कपालको चाया
कपालमा आउने चायाले पनि अधिकाशंलाई सताउने गर्दछ । विशेष जाडोयाममा देखापर्ने यो समस्याले मानिसहरु लज्जित हुनुपर्दछ । गाढा रंगका कपडा पहिरिएका पुरुषका काधमा चायाहरु झरेको प्रष्टै देखिन्छ । जसका कारण उनीहरुलाई चायाको समस्याले दिक्क बन्ने गर्दछ । कपालको चाया हटाउने सरल उपाय भनेको बेकिङ सोडा र दहीको मिश्रण कपालमा लगाउनु हो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर