बिहानै योग गरेमा हुने ५ फाइदा « Khabarhub

बिहानै योग गरेमा हुने ५ फाइदा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

योगलाई तपाईंले कसरी लिनुहुन्छ। योग बारे व्यक्ति अनुसार फरक फरक धारण हुन सक्छन् । आफू अनुकुल हुनेगरी जे व्याख्या गरिएपनि योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो। यो वैज्ञानिक र व्यवहारिक छ।

त्यसैले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दो छ। योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ। मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन्। त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ।

बिहानै गरिएको योगबाट हुने फाइदा थाहा पाउनुहोस्

१ योगले मानिसमा आफूभित्र रहेको रोगको निदान गर्न सक्छ। केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन भन्दै अथ्र्याएका छन्।

२योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ। शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर्दछ। यसका लागि प्राकृतिक भोजन, प्राकृतिक आराम र व्यायामको सन्तुलन मिल्न जरुरी छ। योग स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण व्यायाम हो। हाम्रो अस्वस्थ जीवनशैलीले थरीथरीका रोगलाई निमन्त्रणा दिइरहेको छ।

३ धेरैले कुनै पनि रोग लाग्नेबित्तिकै अस्पतालको औषधि प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छन् र हस्पिटल कुद्न हतार गर्छन्। तर, कतिपय अवस्थामा योगबाटै गम्भीर रोगलाई पनि निको पार्न सकिन्छ।

४मानव शरीरमा योगबाटै निको हुने अधिकांश रोग हुन्छन्। यसका लागि योग प्रशिक्षकसँग अन्तक्रिया गरेर नियमित रूपमा योग गर्न जरुरी हुन्छ। त्यसैले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको छ।

५ योग गर्दा श्वास र ध्यानमा विशेष ध्यान पु-याउनुपर्ने हुन्छ। शरीरको मुभमेन्टसँगसँगै योग र ध्यानमा विचार पुर्‍याउन जरुरी हुन्छ। योग शुरु गर्दा जुन योग गरिन्छ, मस्तिष्कमा त्यसको तस्बिर उतार्दै जानुपर्दछ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ०५ बजे

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स