सप्तरीमा रगतको अभाव | Khabarhub Khabarhub

सप्तरीमा रगतको अभाव


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।

गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताए। रगत अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको उनले बताए।

बढ्दो गर्मी र बिरामीको आवश्यकता अनुसारको रगत नहुँदा प्रत्येक दिन समस्या हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

अहिले रगत लिन आउने बिरामीका आफन्तहरुसँग रगत लिएर बिरामीको आवश्यकतालाई पूरा गरिरहेको उल्लेख गर्दै उनले ब्लड ग्रुपअनुसार सोही परिमाणमा रगत उपलब्ध गराउने गरे पनि बिरामीको चापले यहाँ रगतको अभाव देखिन थालेको बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिकजसो पाँच/सात युनिट रगतको माग रहेको जानकारी गराउँदै इन्चार्ज झाले रगत अभाव पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई आह्वान गरे।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ५२ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा