नादेझ्दा कपको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने « Khabarhub

नादेझ्दा कपको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको नेपाली राष्ट्रिय महिला टोली अहिले किर्गिस्तानमा छ । सागको अभ्यास खेलकै रुपमा महिला टोली यतिबेला किर्गिस्तानको नादेझ्दा कप खेल्न गएको हो । यही प्रतियोगितामा आज नेपालले उज्वेकिस्तानसँग उपाधीका लागि भिड्दैछ ।

नादेझ्दा कपको लिग चरणमा घरेलु टोली किर्गिस्तान र ताजकिस्तानलाई पराजित गरेको महिला टोली लिग चरणमा पराजित भएको उज्वेकिस्तानसँग उपाधिका लागि भिड्न लागेको हो । नेपाली टोली उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

किर्गिस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको नेपालले ताजकिस्तानलाई १–० ले पराजित गरेको थियो ।

उज्वेकिस्तानसँगको लिग चरणको हारको बदला लिने लक्ष्यमा नेपाल रहेको छ । जसमा स्टार खेलाडी सावित्रा भण्डारीले नेपालको अग्रपङ्ती सम्हाल्ने छिन् ।

साग आगामि मंसिर १५ देखि २४ सम्म काठमाडौं र पोखरामा हुने गरि मिति तोकिएको छ भने महिला टोलीको खेल पोखरामा हुने छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ४२ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको