नादेझ्दा कपको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने « Khabarhub

नादेझ्दा कपको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको नेपाली राष्ट्रिय महिला टोली अहिले किर्गिस्तानमा छ । सागको अभ्यास खेलकै रुपमा महिला टोली यतिबेला किर्गिस्तानको नादेझ्दा कप खेल्न गएको हो । यही प्रतियोगितामा आज नेपालले उज्वेकिस्तानसँग उपाधीका लागि भिड्दैछ ।

नादेझ्दा कपको लिग चरणमा घरेलु टोली किर्गिस्तान र ताजकिस्तानलाई पराजित गरेको महिला टोली लिग चरणमा पराजित भएको उज्वेकिस्तानसँग उपाधिका लागि भिड्न लागेको हो । नेपाली टोली उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

किर्गिस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको नेपालले ताजकिस्तानलाई १–० ले पराजित गरेको थियो ।

उज्वेकिस्तानसँगको लिग चरणको हारको बदला लिने लक्ष्यमा नेपाल रहेको छ । जसमा स्टार खेलाडी सावित्रा भण्डारीले नेपालको अग्रपङ्ती सम्हाल्ने छिन् ।

साग आगामि मंसिर १५ देखि २४ सम्म काठमाडौं र पोखरामा हुने गरि मिति तोकिएको छ भने महिला टोलीको खेल पोखरामा हुने छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ४२ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज