वाईसीएल र युवा संघबीचको एकता सकियो, सचिवालयमा ५२ र ५७ को भागवण्डा « Khabarhub

वाईसीएल र युवा संघबीचको एकता सकियो, सचिवालयमा ५२ र ५७ को भागवण्डा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकता प्रकृया टुंग्याएको छ ।

तत्कालिन वाईसीएल नेपाल र युवा संघ नेपालबीच एकता भएर बनेको राष्ट्रिय युवा संघ नेपालको विशेष बैठकले एकता प्रकृयालाई टुंग्याएको हो ।

संगठनका इन्चार्ज महेश वस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा र सहसंयोजनक रमेश पौडेल उपस्थित विशेष बैठकले एकता प्रकृयालाई टुंग्याएको हो ।

बैठकले युवा संघको केन्द्रीय समिति ३३५ सदस्यीय बनाउनका लागि पार्टीसँग अनुमति माग्ने निर्णय गरेको छ । जसमा साविक युवा संघ नेपालबाट १७६ र साविक वाईसीएल नपालबाट १५५ सदस्य चयन गर्ने र ४ जना पछि मनोनित गर्ने निर्णय भएको छ ।

त्यस्तै १११ सदस्यीय सचिवालयमा साविक वाईसीएलबाट ५२ र युवासंघबाट ५७ जना राख्ने सहमति भएको छ ।
बैठकले संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा राख्ने निर्णय गरेको छ ।

७ प्रदेशमध्ये ३ मा साविक वाईसीएल र ४ मा साविकको युवासंघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने सहमति भएको छ ।

त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा साविक युवा संघ र ३५ जिल्लामा साविक वाईसीएलले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय भएको छ ।

एकता प्रकृया टुंगोमा पुगेसँगै भदौ २७ गते साविक संगठनका पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहरणको कार्याक्रम राखिएको संयोजक रामप्रसाद सापकोटा‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ११ : ३७ बजे

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स