चितवन मेडिकल कलेजमा डेंगुको निशुल्क परीक्षण « Khabarhub

चितवन मेडिकल कलेजमा डेंगुको निशुल्क परीक्षण


२६ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) ले विपन्न गरिब बिरामीहरुको नि:शुल्क डेङ्गु परिक्षण सुरु गरेको छ ।

अस्पताल निर्देशक प्रोफेसर डाक्टर दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुरका भरत लामालाई डेङ्गु परिक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा नि:शुल्क डेङ्गु परिक्षण सुरु गरेका गरेका हुन् ।

देशभर डेङ्गुले प्रकोपको रुप लिएको समयमा अस्पतालको सामाजिक अभियान अन्तर्गत नि:शुल्क डेङ्गु परिक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा हरिश्चन्द्र न्यौपानले जानकारी दिए ।

नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले एक हजार जना बिपन्न वर्गहरुलाई नि:शुल्क डेङ्गु परिक्षण गराईने अस्पातलका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

‘अहिले डेङ्गु र ज्वरोको महामारी रहेकाले त्यस्ता बिरामीहरु जो अस्पातल आउने सकेका छैनन् उनीहरुलाई लक्षित गरेर यो सेवा प्रदान गर्न लागेका हौँ’ उनले भने’, ‘कोही पनि बिरामी नछुटुन भनेर नै हामीले अहिलेलाई एक हजार जना गरिब तथा बिपन्न वर्गलाई नि:शुल्क डेङ्गु परीक्षण र परामर्श दिन लागेका हौँ ।’

सरकारले बनाएको बिपन्न वर्गको मापदण्ड अनुसार नै बिरामीलाई यो सेवा प्रदान गरिने उनले बताए । मनसुन र पोस्ट मनसुनपछि डेङ्गुको संक्रमण बढ्न सक्ने भएकोले अझै २ महिनासम्म यसको प्रकोप रहन सक्ने उनले बताए । कार्तिकसम्म डेङ्गुको प्रकोप घट्ने सम्भावना नरहेकोले नियन्त्रणमा सहयोग पुर्‍याउन यो सेवा शुरु गरिएको डा लम्सालले बताए ।

अस्पतालमा दैनिक ४ सयदेखि ५ सय बिरामीहरु अस्पातल आउने र ती मध्ये अधिकांशमा डेङ्गुको संक्रमण देखिने गरेको अस्पतालको रेर्कडमा उल्लेख छ ।

प्रकाशित मिति : २६ भदौ २०७६, बिहिबार  ३ : ०३ बजे

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न