चितवन मेडिकल कलेजमा डेंगुको निशुल्क परीक्षण « Khabarhub

चितवन मेडिकल कलेजमा डेंगुको निशुल्क परीक्षण


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) ले विपन्न गरिब बिरामीहरुको नि:शुल्क डेङ्गु परिक्षण सुरु गरेको छ ।

अस्पताल निर्देशक प्रोफेसर डाक्टर दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुरका भरत लामालाई डेङ्गु परिक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा नि:शुल्क डेङ्गु परिक्षण सुरु गरेका गरेका हुन् ।

देशभर डेङ्गुले प्रकोपको रुप लिएको समयमा अस्पतालको सामाजिक अभियान अन्तर्गत नि:शुल्क डेङ्गु परिक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा हरिश्चन्द्र न्यौपानले जानकारी दिए ।

नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले एक हजार जना बिपन्न वर्गहरुलाई नि:शुल्क डेङ्गु परिक्षण गराईने अस्पातलका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

‘अहिले डेङ्गु र ज्वरोको महामारी रहेकाले त्यस्ता बिरामीहरु जो अस्पातल आउने सकेका छैनन् उनीहरुलाई लक्षित गरेर यो सेवा प्रदान गर्न लागेका हौँ’ उनले भने’, ‘कोही पनि बिरामी नछुटुन भनेर नै हामीले अहिलेलाई एक हजार जना गरिब तथा बिपन्न वर्गलाई नि:शुल्क डेङ्गु परीक्षण र परामर्श दिन लागेका हौँ ।’

सरकारले बनाएको बिपन्न वर्गको मापदण्ड अनुसार नै बिरामीलाई यो सेवा प्रदान गरिने उनले बताए । मनसुन र पोस्ट मनसुनपछि डेङ्गुको संक्रमण बढ्न सक्ने भएकोले अझै २ महिनासम्म यसको प्रकोप रहन सक्ने उनले बताए । कार्तिकसम्म डेङ्गुको प्रकोप घट्ने सम्भावना नरहेकोले नियन्त्रणमा सहयोग पुर्‍याउन यो सेवा शुरु गरिएको डा लम्सालले बताए ।

अस्पतालमा दैनिक ४ सयदेखि ५ सय बिरामीहरु अस्पातल आउने र ती मध्ये अधिकांशमा डेङ्गुको संक्रमण देखिने गरेको अस्पतालको रेर्कडमा उल्लेख छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ३ : ०३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा