हङकङबाट क्रिकेट नखेल्ने अंशुमनको घोषणा, भारत फर्किने सम्भावना « Khabarhub

हङकङबाट क्रिकेट नखेल्ने अंशुमनको घोषणा, भारत फर्किने सम्भावना


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङका २५ वर्षीय स्टार क्रिकेटर अंशुमन रथले राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन् । टि–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको हङकङबाट अब नखेल्ने रथले जनाएका छन् ।

अक्टोबरमा यूएईमा हुने छनोटका लागि सार्वजनिक भएको नामावलीबाट पनि रथले आफ्नो नाम फिर्ता लिएको इमर्जिङ क्रिकेटडटकमले उल्लेख गरेको छ ।

रथले विदेशमा अवसर खोज्ने भन्दै राष्ट्रिय टोलीबाट छाड्ने निर्णय गरेको भन्दै हङकङ क्रिकेट बोर्डले उनले टोली छाडेको पुष्टि गरेको छ ।

क्रिकेट सम्बन्धी अनलाइन समाचार पोर्टल इमर्जिङ क्रिकेटले रथले भारतमा व्यवसायिक क्रिकेट खेल्ने लक्ष्यसहित टोली छाडेको जनाएको छ । रथको परिवार भारतको उडिसाबाट हङकङ बसाई सरेको हो । उनका बुबा भारतीय भएपनि उनी हङकङमै जन्मिएका हुन् ।

रथले आफूलाई अवसर दिएकोमा हङकङ क्रिकेट बोर्डलाई धन्यवाद भनेका छन् । तर, उमेरसमूह देखि सिनियर टोलीसम्म हुँदै कप्तान रहेका रथले आगामी दिनका लागि हङकङको टोलीलाई शुभकामना समेत दिएका छन् ।

रथले उमेर समूह हुँदै हङकङबाट १८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका छन् । यस्तै २० टि–ट्वान्टी खेल खेलेका छन् । भारतीय भए पनि उनी हङकङमै जन्मिएका हुन् । भारत फर्किने सम्भावना रहेको जनाएको इमर्जिङ क्रिकेटले उनले रणजि ट्रफि खेल्ने सम्भावना रहेको जानकारि दिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १ : २१ बजे

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले