विषादीको बढ्दो प्रयोगका कारण मर्न थाले माहुरी « Khabarhub

विषादीको बढ्दो प्रयोगका कारण मर्न थाले माहुरी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– माहुरीका लागि उर्वर क्षेत्र मानिएको जुम्लाका किसान केही समययता भने चिन्तित बनेका छन् । एकाएक माहुरी मर्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् ।

महको बजार अभाव नभएको र माहुरीका गोलाको समेत माग अत्यधिक रहेका बेला एकाएक माहुरी मर्न थालेपछि समस्या भएको चन्दननाथ नगरपालिका–५ का किसान कृष्ण बुढाले बताए ।

‘दिन प्रतिदिन माहुरी मर्दै गएका छन् । कृषि प्राविधिकलाई सोध्दा बालीनाली तथा फलफूलमा विषादीको प्रयोगले माहुरी मर्ने गरेको बताएका छन्,’ बुढाले भने ।

जुम्लालाई जिल्ला परिषद्बाट विषादी प्रयोगरहित घोषणा गरिएको थियो । तर, त्यसको कार्यान्वयन नहुँदा विषादीको प्रयोग नघटेको उनको भनाइ छ ।

पराम्परागत रूपमा माहुरीपालन गर्दै आएका उनले १० वटा आधुनिक घार पनि राखेका छन् । हरेक दिन घार बाहिर मरेका माहुरी भेटिन थालेको उनको भनाइ छ । ‘दिनदिनै मरेका माहुरी देखिन्छन् । घार रित्तिँदै गएको छ,’ बुढाले दुःखेसो पोखे ।

वातावरण विनाशसँगै माहुरीको चरन क्षेत्र घट्दै गएको अर्का माहुरी किसान सरोज शाहीले गुनासो गरे। झन् त्यसमा बालीनालीमा विषादी प्रयोग हुन थालेपछि समस्या भएको उनको भनाइ छ । ‘धान खेतमा अत्यधिक विषादी प्रयोग भइरहेको छ । जसले गर्दा माहुरी पानी खान गएपछि मर्ने गरेको छ,’ उनले भने ।

सेरेना जातको माहुरीका लागि जुम्लाको हावापानी उपयुक्त मानिन्छ । यहाँ भौगोलिक अवस्था र चरन क्षेत्र पर्याप्त रहेको छ । जसले गर्दा महको उत्पादन बढ्दै आएको थियो । कृषि विकास कार्यालयका अनुसार, आर्थिक वर्ष ०७२/७३ मा २ हजार ५ सय किलोग्राम मह उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७३/७४ मा २ हजार ८ सय किलोग्राम उत्पादन भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष ०७४/७५ मा २ हजार १ सय किलोग्राम मह उत्पादन भएको तथ्याङ्क छ । अझै पनि जुम्लामा माहुरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाको भनाइ छ ।

जिल्लाको विभिन्न भागमा परम्परागत र आधुनिक घारमा किसानले माहुरीपालन गर्दै आएका छन् । माहुरी जोगाउन विषादीको प्रयोग रोक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  २ : ३४ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता