रौतहटमा दुई समूहबीच झडप, प्रहरीद्वारा ३० राउण्ड हवाईफायर « Khabarhub

रौतहटमा दुई समूहबीच झडप, प्रहरीद्वारा ३० राउण्ड हवाईफायर


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– दुई धार्मिक समुदायबीचको विवादले उग्ररुप लिँदा रौतहटको कुडियाबजार क्षेत्रमा तनावग्रस्त बनेको छ । दुई पक्षबीचको झडपले उग्ररुप लिएपछि नियन्त्रणका लागि प्रहरीले हवाईफायर समेत गरेको छ ।

बिहीबार दिउँसो स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि प्रहरीले ३० राउण्ड हवाईफायर र त्यतिनै संख्यामा अश्रुग्यास प्रहार गरेको थियो ।

कुडियाबजार नजिकै रहेको पोखरी छेऊमा मुस्लिम समुदायले गाडेको झण्डा निकालेको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।

त्यसअघि बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएको थियो । मूर्ति तोडफोड भएको र त्यहीँ ठाउँमा मुसलमान समुदायले झण्डा गाडेको देखिएपछि दुई समुदायबीच विवाद सुरु भएको हो ।

विवाद समाधानका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार बिहान मुस्लिम अगुवाहरुसँग छलफल गरी पोखरी किनारमा गाडिएको झण्डा हटाएको थियो । उक्त झण्डा हटाएको विरोधमा बिहीबार दिउँसो कुडियाबजारमा मुस्लिम समुदायले प्रदर्शन गरेका थिए ।

एउटा पक्षले निकाले प्रदर्शनमा अर्को पक्षले हस्तक्षेप गर्दा स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले प्रहरीको गाडीमा पनि ढुंगामुढा गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ३ : ५४ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल