मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ « Khabarhub

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना ‘एन्टि–ड्रोन’ सैन्य विज्ञ तैनाथ गरिएको जानकारी दिएका छन् । उनले बेलायती संसदलाई सम्बोधन गर्दै युक्रेनले ‘शहेद ड्रोन’को सामना गर्न सक्ने दक्ष जनशक्ति पठाएको बताए।

उनका अनुसार ती विशेषज्ञ टोलीहरू अहिले संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबिया मा पुगिसकेका छन् भने कुवेत तर्फ जाने क्रममा छन् । साथै थप ३४ जना विशेषज्ञ पनि पठाउन तयारी अवस्थामा रहेको उनले बताए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनले दैनिक करिब दुई हजार इन्टरसेप्टर ड्रोन उत्पादन गर्न सक्ने क्षमता विकास गरिसकेको र त्यसको आधा हिस्सा सहयोगी देशहरूलाई उपलब्ध गराउन सकिने बताए। उनले समुद्रभित्र सञ्चालन गर्न सकिने ड्रोन तथा महासागरमा काम गर्ने प्रविधि पनि विकास भइरहेको जानकारी दिए ।

यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले इरान माथि ठूलो आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको छ । इरानले प्रतिकारस्वरूप आक्रमण गरेपछि होर्मुज जलडमरु हुँदै हुने जहाज आवतजावत समेत प्रभावित भएको छ ।

इरानी सांसद इब्राहिम अजीजीले सामाजिक सञ्जालमार्फत युक्रेन अमेरिकी–इजरायली युद्धमा संलग्न भएकाले अब इरानको निशानामा परेको बताए । उनले संयुक्त राष्ट्रसङ्घको प्रावधानअनुसार युक्रेनलाई ‘वैध लक्ष्य’ बनाइएको दाबी गरे। क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत देखिएको छ ।
 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १२ : २२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा