बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्याबारे संसदीय समितिले सरोकारवालासँग छलफल गर्ने « Khabarhub

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्याबारे संसदीय समितिले सरोकारवालासँग छलफल गर्ने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल साइटमा देखिएको समस्या बारे सम्बन्धित मन्त्रालय र सरोकारवालहरुसंग छलफल गर्ने भएको छ ।

सिसडोलबासीले भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएपछि समितिले त्यस क्षेत्रको समस्याबारे सम्बन्धीत मन्त्रालय तथा सरोकारवाल निकायसंग परामर्श गर्न लागेको हो ।

केही दिन अघि समितिको स्थलगत अनुगमनटोलीलाई स्थानीयले यसअघि भएको सम्झौता अनुसार पुर्वाधार निर्माण र क्षतिपुर्तिको व्यवस्था गरि भदौ ३१ गतेसम्म समस्या समाधान गर्न अल्टिमेटम दिएका थिए ।

समितिले सिसडोलबासी र बञ्चरेडाँडामा निर्माणधिन ल्याण्डफिल साईटको समस्या समाधानका लागि शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड, काठमाण्डौ महानगरपालिका, सो क्षेत्रका संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिलाई छलफलमा बोलाएको हो ।

समितिको विहिबारको बैठकमा समिति सदस्यहरुले जीपछिरिङ लामा, गणेश कुमार पहाडी, बिना कुमारी श्रेष्ठ, सञ्जय कुमार गौतम र महेन्द्र राय यादवले फोहर व्यवस्थापनको विषयलाई राजनीतिकरण नगरि सहमति अनुसारको पूर्वाधार निर्माण र क्षतिपुर्ति दिलाउने विषयमा भइरहेको ढिलाईबारे सम्बन्धीत निकायसंग छलफल आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेको थिए ।

समितिले अगामी अशोज १ गते बल्खु–दक्षिणकालि सडकखण्डको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ । खानेपानी मन्त्री अस्वस्थताका कारण समितिमा अनुपस्थित भएपछि विहिवारका लागि पूर्वनिर्धारित खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मथिको दफावार छलफल भने स्थगित भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : २४ बजे

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय